बिएल संवाददाता
सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३का लागि नीति तथा कार्यक्रम आज घोषणा गर्दैछ।
आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। बैठक दिउँसो ३ बजे बस्नेछ।
उक्त नीति तथा कार्यक्रमलाई सत्ता साझेदार दलहरूले अनुमोदन गरिसकेका छन्। अर्थतन्त्रलाई थप चलायमान बनाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रमलाई तयार पारिएको छ।
आज राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म सांसदहरूले छलफल गरेर पारित गर्नेछन्। त्यही आधारमा आगामी जेठ १५ गते सरकारले वार्षिक बजेट ल्याउँछ। त्यसअघि वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया