मङ्गलबार, १२ अगस्ट २०२५

ओलीको दाबीः भूतप्रेत भइसकेको ‘तानाशाही राजतन्त्र’ अब कहिल्यै फर्किन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन्। बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती नै हुन पाउँ’ भन्ने मुर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र हरेक कुरामा नकारात्मकता देख्ने गरेको बताए। उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रिहा भए रेशम, थुनामा पठाउने अधिकृत आफैं थुनिए

सर्वोच्च अदालतको अनाधिकृत पत्रले काराकार पुगेका रेशम चौधरी रिहा भएका छन्। बुधबार दिउँसो सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन भन्दै पत्र लेखेपछि प्रहरीले चौधरीलाई पार्टी एकताको कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो। उक्त पत्र नै अनाधिकृत रहेको पुष्टि भएसँगै सर्वोच्चले अर्को पत्र लेखेर रेशमलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त पत्रपछि चौधरी रिहा भएका हुन्। चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने अधिकृत आफैं पक्राउ परेका छन्। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, होला शिक्षकको माग सम्बोधन?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। बुधबार साँझ ७ बजे बस्नेगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो। मन्त्रिपरिषद बैठकमा शिक्षक आन्दोलन सम्बोधनका लागि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ। केही दिनदेखि सरकार र शिक्षकहरूबीच वार्ता भइरहेको छ। आज पनि शिक्षक र विभागीय मन्त्रालयहरूबीच वार्ता भएको छ। वार्ताको उपलब्धिसहित माग सम्बोधनका विषयमा ठोस निर्णय हुनसक्ने बालुवाटार स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशमलाई ‘थुनामुक्त’ गर्न सर्वोच्चको पत्र

सर्वोच्च अदालतले केही घण्टाअघि पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई थुनामुक्त गर्न पत्र लेखेको छ। सर्वोच्चका प्रवक्ता सह रजिष्ट्रार अच्युत कुईंकेलले यसअघि सर्वोच्चकै शाखा अधिकृत महिमानसिंह विष्टले रेशमलाई पक्राउ गर्न लेखेको पत्र आधिकारीक नभएको बताए। उनले डिल्लीबजार कारागारलाई लेखेको पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।०१।१७ मा कैदमा राख्न पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस. वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रेशमलाई पक्राउ गर्न’ पत्र काट्ने सर्वोच्चका कर्मचारी नै पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्। उनको व्यक्तिगत सनकले पत्र काटेको पुष्टि भएपछि प्रहरीले उनलाई थप छानबिनका लागि पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार पक्राउ परेपछि उनले ‘टिकापुर घटनामा रेशमद्वारा मारिएका व्यक्तिहरूका आत्माले भतभती पोलेपछि आफ्नै निर्णयले पक्राउ गर्नु भनि पत्र लेखेको हुँ’ भनि गैरजिम्मेवार बयान दिएका छन्। उनले काटेको पत्रको आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रेशमलाई पक्राउ गर्नु’ भनि पत्र काट्ने सर्वोच्चका कर्मचारी खोज्दै प्रहरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी सर्वोच्चले काटेको पत्र विवादित बनेको छ। रेशमलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताएको छ। प्रहरी उच्च स्रोतका अनुुसार पत्र बोकेर विष्ट आफैं प्रहरी परिसर उपस्थित भएका थिए। सर्वोच्च अदालतमै यस विषय विवादित बनेपछि प्रहरीले विष्टको खोजी थालेको हो। विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारबाट बाहिरिने नाउपाकाे तयारी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ।  संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो। वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षकहरू

सरकारसँग वार्ता गर्न शिक्षकहरू सिंहदरबारमा पुगेका छन्। मंगलबार रातिको वार्ता सकारात्मक भएकाले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहमति हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के भारत पाकिस्तानमाथि आक्रमण गर्ने योजनामा छ? (भिडिओ रिपोर्ट)

अब भारतीय सेना खुला भएको छ र पाकिस्तानमाथि आक्रमणबारे सम्पूर्ण अधिकार सेनामाथि नै छ। उसले पाकिस्तानमाथि कहाँ, कहिले र कसरी आक्रमण गर्ने भन्नेबारे अब स्वतन्त्ररुपमा निर्णय लिन सक्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा स्थगित भयाे– सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणा स्थगित भएको बताएका छन्। बुधबार प्रज्ञा भवनबाट नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा अनिश्चितकालका लागि स्थगित गरिएको उनले बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरी पक्राउ, डिल्लीबजार कारागार लगिँदै

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारीमा रहेका उनलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवन पुगेका थिए। उनलाई पक्राउको कारण खुलाइएको छैन। फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। उनलाई डिल्लीबजार कारागारमा लैजान लागिएको प्रहरीले बताएको छ। २०७२ साल भदौमा भएको टीकापुर नरसंहारको मुख्य आरोपी चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर, २०८० सालको गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएका थिए। त्यतिबेलासम्म उनले ५ वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अझैपनि जवान देखिन्छिन् भाग्यश्री (फाेटाेफिचर)

सलमान खानले १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट आफ्नो करियर सुरु गरेका थिए। तर त्यसमा उनी सहायक भूमिकामा थिए।  उनले १९८९ मा आएको फिल्म ‘मैने प्यार किया’बाट मुख्य अभिनेताको रुपमा डेब्यू गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘आँखा स्वास्थ्य’लाई पनि बीमा कार्यक्रममा समायोजन गर्ने ओलीको प्रतिवद्धता

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले दिगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै  विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका हुन्। नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको ओलीले उल्लेख गरे।  प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० सम्म प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिवद्धता राखिएको अवगत गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक जनमत पार्टीको एकता घोषणासभामा समस्या, बाहिरै रोकिए सहभागीहरू

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ। बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो।  बुकिङमा कमजोरी देखिएका कारण एकता कार्यक्रममा सहभागीहरू भित्र प्रवेश गर्न पाएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हावाहुरीसहितको वर्षाले करोडौंको इट्टामा क्षति

वर्षभरी बेच्नका लागी तयार भईरहेको इट्टा पानीले नष्ट गरेपछि इट्टा व्यवसायीहरू आर्थिक समस्यामा परेका हुन्। यहाँका बीके इट्टा उद्योग, बिर इट्टा उद्योग, पूजा इट्टा उद्योग, एमबीआई इट्टा उद्योग, सोना इट्टा उद्योग, रामजानकी इट्टा उद्योग लगायत ४० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण क्षति भएको रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपीएल ईटा उद्योगका सञ्चालक रामबिनोद साहले बताए। विभिन्न स्थानका उद्योगहरूमा करिब ११ लाख भन्दा बढी काँचो इट्टा नष्ट भएको उनले जानकारी दिए। ‘प्रत्येक काँचो इट्टाको लागत औसतमा ३ रुपैयाँ भन्दा बढी पर्छ,’ उनले भने, ‘यो आँकडाले  करिब ४ करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोती घटनामा उच्च अदालतको फैसलाविरुद्ध दलित अधिकारकर्मी आन्दोलित

पाँच वर्षअघि रुकुम पश्चिमको सोतीमा मारिएका नवराज विकको मुद्धामा उच्च अदालत सुर्खेतले जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै अधिकारकर्मी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनाका २३ जना प्रतिवादीलाई यस अघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको सजाय सदर गरेको थियो। तर जातीय विभेदको मुद्दामा भने सबैले सफाइ पाएका छन्। ०७७ जेठ १० मा जाजरकोटका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न चौरजहारी पुग्दा गाउँलेको कुटपिटमा उनको समूहका १८ मध्ये ६ जनाको मृत्यु भएको थियो। नवराज विकसहित ६ जनाको हत्या अभियोगमा यसअघि जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकाे मूल्य बढ्याे, चाँदीकाे घट्याे

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम र सिकेको पार्टी एक हुँदै, रञ्जिता ‘सहअध्यक्ष’

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०-३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन्।

बिएल संवाददाता

बिएल संवाददाता -