काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने कार्यक्रम छ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ। जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ। एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०-३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन्।
एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया