मङ्गलबार, १२ अगस्ट २०२५

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु १०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु २०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, भिण्डी प्रतिकिलो रु ४० रुपैयाँ तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाकिस्तानलाई चीनको सान्त्वना, भारत थप आक्रामक (भिडिओसहित)

घटनापछि भारत र पाकिस्तानबीच फेरि चर्को द्वन्द्व सुरु भएको छ। एकअर्काविरुद्ध युद्धका लागि तयार भएको दाबी दुबै देशले गर्दै आएका छन्। योबीचमा दुबै देशका सेनाहरू पनि निकै आक्रामक देखिएका छन् र सिमानामा दुबै पक्षका सैनिकहरू गोली हानाहान पनि गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन्। मिल सञ्चालन गरेर उनले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सञ्चारमन्त्रीः शिक्षकहरूकाे माग बुधबारसम्म सम्बाेधन हुन्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज यी प्रदेशमा हुनेछ वर्षा

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काउन नसकेपछि सर्वोच्चलाई मन्त्रालयको यस्तो जवाफ

सर्वोच्च अदालतले गत बिहीबार सरकारका नाममा तीनदिन शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउँन र चौथो दिन माग सम्बोधनमा भएका प्रगतिविवरण पठाउन आदेश गरेको थियो। सोही आदेशबमोजिम सरकारले शिक्षकलाई विद्यालय फर्काउन नसके पनि शिक्षक आन्दोलन सम्बोधनका लागि भएका सरकारका प्रयास र प्रगति विवरण समेटिएको प्रतिवेदन सर्वोच्च अदालतमा पेस गरेको छ। सर्वोच्चको आदेश लगत्तै शिक्षामन्त्री र शिक्षक प्रतिनिधिहरूबीच छलफल भएपनि निष्कर्ष निस्कन सकेन। फलस्वरुप सर्वोच्चले दिएको समयसीमा सकिँदा पनि शिक्षकहरू विद्यालय फर्किएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नाटकमा डेब्यु गर्दै  रेखा थापा

अभिनेत्री रेखा थापा नाटकमा देखिने भएकी छन्। कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन्। जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित छ। नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ। नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूनर्मिलनपछि लिङ्देनको प्रशंसा गरेर थाकेनन् थापा, भने- ‘मेरो प्रिय भाइ’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन्। सोमबार सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उननले बताए। उनले भने, ‘एकातर्फ राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला पनि यदी हामी एक ठाउँमा उभिन सकेनौं भने इतिहासले सराप्ने छ। राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण त्यसैले केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले फरक ढंगले काम गर्नुपर्छ, हामी जोखिम उठाउँन तयार छौंः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन्। सोमबार काठमाडौंमा कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेटसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए। उनले भने, ‘हामी जोखिम उठाउन तयार छौं। यस्तो कुराहरूमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ। कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ। नयाँ ढंगले सोच्नुपर्ने छ। नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ। पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ। अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं। यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं। सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। रिजल्टमा काम गर्न चाहन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कमल थापासँग पूनर्मिलनपछि लिङदेनले भनेः राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्। ‍राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङ्गो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए। उनले भने, ‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको छ। त्यसको अन्त्यको लागि हामी बाहेक देशमा कोही विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु। सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं। राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कमल थापाको कार्यक्रममा राजावादीहरूको जमघट, धवलशम्शेर पनि उपस्थित

कमल थापा नेतृत्वको राप्रपा नेपालले राजावादी नेताहरूको भेला गरेको छ। गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले सोमबार विरोध सभा आयोजना गरेको हो। कार्यक्रमा वरिष्ठ राजावादी नेताहरूको उपस्थित थियो। विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि राजावादीको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसम्म उपस्थित भए। राप्रपा सांसद दीपक सिंहसहित प्रहरी हिरासतबाट छुटेका राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा पनि उपस्थित भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षक आन्दोलन थप चर्किने संकेत

२७ दिनदेखि जारी शिक्षक आन्दोलन अझै चर्किने संकेत देखिएको छ। आन्दोलनको २६औं दिन आइतबार बानेश्वरमा भएको झडपपछि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका छन्। सोमबार बिजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरूले आन्दोलनका कार्यक्रमहरूलाई थप शसक्त बनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले उद्योग खोल्ने र व्यापार गर्ने होइन, निजी क्षेत्रलाई दिनुपर्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम उद्योग खोल्ने र व्यापार गर्ने नभएको बताएका छन्। सोमबार पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ता कामको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउँदै पार्टीको नीति नै त्यही रहेको स्पष्ट पारे। उनले भने, ‘व्यापारीले व्यापार गर्ने, उद्योगपतिले उद्योग खोल्ने हो। सरकारले व्यापार, उद्योग गर्ने होईन। निजी क्षेत्रलाई दिनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको छ। मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्नेछ। आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने छ भन्ने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महन्थ ठाकुर भन्छन्ः मधेसी जनता ‘राज्य आतंक’बाट अझै पीडित छन्

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन्। लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश राणा शासन तथा राजतन्त्रको आतंकबाट पहिलेदेखि नै गुज्रिसकेको बताएका हुन्। यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतंकबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतंकवाद विरुद्धको लडाईमा एक हुनु आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानडा चुनावः ट्रम्प नीतिले मत परिणाम ‘उथलपुथल’ हुने संकेत, ‘राष्ट्रियतावादी भावना’ बलियो

आर्थिक अनिश्चितता र अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ। चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी र मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन्। अन्य पार्टीहरूले पनि सोही अनुसारको रणनीतिमा रहेकाले परिणाममा ठूलै उथलपुथल हुने अनुमान गरिएको छ। वर्षको सुरुमा, पियरे पोइलिभ्रेको नेतृत्वमा रहेको कन्जर्भेटिभहरूले सर्वेक्षणमा २० अंकभन्दा बढीको अग्रता लिएका थिए। तर अमेरिकी व्यापार विवादको बीचमा जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै मार्क कार्नीले लिबरल पार्टीलाई अब जित्ने संकेतहरू देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानडा

आन्दोलनस्थल पुगेका एसका नेताविरुद्ध शिक्षकको नाराबाजी, ‘अपमानित’ हुँदै फर्किए

शिक्षक आन्दोलनमा ऐक्यवद्धदा जनाउन पुगेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूविरुद्ध शिक्षकहरूले नाराबाजी गरेका छन्। सोमबार शिक्षक आन्दोलनलाई साथ दिन भन्दै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू नयाँबानेश्वर पुगेका थिए। तर शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध औंला उठाउँदै नाराबाजी गरेपछि अपमानित हुँदै उनीहरू आन्दोलनस्थलबाट फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भाविको लेखान्त’को १०० भाग पूरा

सामाजिक कथामा आधारित टिभी श्रृङ्खला ‘भाविको लेखान्त’ ले सय भाग पूरा गरेको छ। निर्माण टिमले आइतबार अभिनेता पल शाहको उपस्थितीमा १ सय औं भाग सेलिब्रेशन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं