मङ्गलबार, १२ अगस्ट २०२५

आफ्नै सांसद सभापति भएको समितिमा ‘विधेयक’ अड्काएर ‘शिक्षक आन्दोलन’मा मिसिँदै माधव नेपाल!

२७ दिनदेखि जारी शिक्षक आन्दोलन आइतबार एकाएक उग्र बन्यो। प्रहरीले बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भए भने केही पत्रकारहरू पनि घाइते भए। प्रतिपक्षीहरूले शिक्षक आन्दोलनलाई अनावश्यक उत्तेजित बनाइरहेको सत्तापक्षले आरोप लगाइरहँदा प्रतिपक्षी मध्येकै एक दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउँन जाने भएका छन्। अध्यक्ष नेपाल आज दिउँसो साढे १२ बजे शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल जान लागेका नेता जगन्नाथ खतिवडाले बताए। उनले भनेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइँ, अपमान र दमनको विरोधमा बैशाख १५ गते दिउँसो १२:३० बजे हामी अध्यक्ष क. माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलियो बन्दै ‘राजावादी मोर्चा’, चार ‘लिजेन्ड’ एकै मञ्चमा देखिँदै

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। आज दिउँसो १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा प्रदर्शन आयोजना हुने राप्रपा नेपालले जनाएको छ। राप्रपा नेपालको कार्यक्रममा चार राजावादी लिजेन्डहरू  एकै ठाउँमा उपस्थित हुने राप्रपा नेपालले दाबी गरेको छ। अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजवादीहरूको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टलाई औपचारिक पत्रसहित व्यक्तिगत फोनसम्पर्कसमेत गरेर निम्तो दिएका राप्रपा नेपालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान : को कति बलियो छ? (भिडओसहित)

यो घटनापछि भारत र पाकिस्तान फेरि एकपटक आमने-सामने देखिएका छन्। घटनापछि भारतीय सेनाले जम्मुकश्मिरमा सुरक्षा अपरेसन तीब्र बनाएको छ। केही आतंकवादीहरू मारिएको दाबी पनि भारतले गरेको छ। सिमानामा दुई देशका सैनिकहरूबीच गोलीवारी पनि भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नो माग पूरा नभए शिक्षकहरूले आन्दोलनलाई चर्काउने

आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ। सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी प्रदेशमा वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपदमा सबै चनाखो बनौं: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन्। आइतबार गृहमन्त्रीसँग विपद् संम्बाद शुभारम्भ कार्यक्रममा बोल्दै उनले कतिपय विपदमा आफू चनाखो हुदाँ मात्र पनि कम हुने बताएका हुन्। ‘अविरल वर्षा हुदाँ तराईमा डुबान, पहाडमा पहिरोको समस्या छ। हिमालमा लेक लाग्ने, चिसो लाग्ने समस्या छ। तराई मधेशमा लु लाग्ने समस्या छ। झापा र मोरङ सबैभन्दा बढि चट्याङको समस्या छ। यहाँ प्राधिकरणका साथिहरू छन्। मेरो आग्रह यहाँ धेरै ठुलो बजेटको आवश्यकता छैन कतिपय नीतिगत निर्णय गर्दा पुग्छ। कतिपय कुरामा हामी चनाखो मात्र भए पुग्छ, कतिपयमा निरन्तर फलो गर्दा मात्र पुग्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सगरमाथा चढ्न लागेका असई छत्याललाई प्रधानमन्त्रीको बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असई छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरे। यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई ‘सगरमाथा संवाद’ लेखिएको ब्यानर हस्तान्तरण गरिएको थियो। बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको आरोपः शिक्षकहरूलाई प्रतिपक्षीले उत्तेजित पारे

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलले शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरेको आरोप लगाएका छन्। आइतबार संसद भवन परिसर नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षक आन्दोलनलाई गलत दिशामा लैजान प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरिरहेको दाबी गरे। उनले प्रचण्डको सरकारले शिक्षकहरूसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा यो अवस्था आएको दाबी गरे। उनले भने, ‘प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेरी आमा’: निर्देशक सौरभ ढकालको संवेदनशील निर्देशनमा आमाप्रतिको गहिरो समर्पण

सधैं पृथक र भावनात्मक निर्देशन शैलीका लागि चिनिँदै आएका निर्देशक thedumbdirector (सौरभ ढकाल)को निर्देशनमा तयार भएको भावुक गीत ‘मेरी आमा’आमा मुख हेर्ने पूर्वसन्ध्यामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। संगीतकार तथा गायक प्रविन कुमार योन्जनको सुमधुर स्वरमा सजिएको यो गीतमा सुरज तामाङको शब्द, संगीत संयोजन तथा एरेञ्जमेन्ट रहेको छ। ‘मेरी आमा’ले आमाको निःस्वार्थ प्रेम, त्याग र संघर्षलाई गीत र भिडियोमार्फत गहिरो रुपमा चित्रण गरेको छ। भिडियो निर्माणमा निर्देशक सौरभ ढकाललाई मुख्य सहायक निर्देशक उत्सव पौडेलले सहकार्य गरेका छन् भने मिडिया संयोजन तथा व्यवस्थापनको जिम्मेवारी विशाल प्याकुरेलले निर्वाह गरेका छन्। सम्पूर्ण टिमको समर्पणले गीतलाई थप जीवन्तता प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकहरूमाथि बल प्रयोग होइन, दुई दिनभित्रै समाधान खोजियोस्: डा. शेखर कोइराला

आन्दोलनको २५ औं दिन आइतबार पनि शिक्षकहरूले प्रदर्शन गरिरहेका थिए। माइतीघरबाट निस्किएको उनीहरूको जुलुश बानेश्वरतिर अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीले लगाएको बार ढालेर शिक्षकहरू निषेधित क्षेत्रतिर छिर्न खोजेपछि प्रहरीले पानीका फोहाराले हिर्काएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपालक्षित ओलीको टिप्पणीः ‘निलो रंग’का स्यालहरू निकै हाउभाउ गरिरहेका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालक्षित टिप्पणी गर्दै उनीहरूको वास्तविक रुप लामो समय नटिक्ने बताएका छन्। आइतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय निलो रंगका स्यालहरू निकै हाउभाउ गरिएको टिप्पणी गरे। उनले भने, ‘आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन्। तिनीहरूको वास्तविक रुप लामो समय टिक्ने छैन। एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौं। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलनमा घुसपैठ भएको शिक्षक महासंघको आरोप

नेपाल शिक्षक महासंघले आइतबारको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ। आइतबार शिक्षकहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ जान लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले पानीको फोहरासमेत हानेको थियो। त्यसक्रममा प्रहरी र शिक्षकहरूबीच झडपको स्थिति बनेको थियो। उक्त आन्दोलनमा बाहिरियाहरूको घुसपैठ भएको शिक्षक महासंघले आरोप लगाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनलाई भड्काउन घुसपैठ गराइएको आरोप लगाएका छन्। उनले घुसपैठबाट महासंघ नझुक्ने बताउँदै भोलिदेखि देशभरबाट थप शिक्षकहरू काठमाडौं उत्रिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षक र प्रहरीको झडपमा पत्रकार सबिना कार्की, आँखामा गम्भीर चोट

शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी प्राइम टेलिभिजनकर्मी पत्रकार सबिना कार्की गम्भीर घाइते भएकी छिन्।  आइतबार नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच भइरहेको झडपमा समाचार संकलनको क्रममा आँखामा चाेट लागेर उनी घाइते भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नो बेडरुमसम्म ‘बिचौलियाको पहुँच’ रहेको प्रमाणित गर्न गगनलाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको प्रमाणित गर्न चुनौती दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए। देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको बताउँदै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसद राईलाई तीनदिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। अदालतबाट पक्राउपूर्जी जारी भएपछि लामो समयदेखि फरार रहेकी सांसद राईलाई शनिबार राति प्रहरीले कपनस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचार र पैसा कमाउन’ राजनीति गरेको होइन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभइ इमानको राजनीति गर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन्। ‘हामी सचेत छौं। हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो। भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्त गर्नको लागि, आफ्ना मान्छे जागिर खुवाउनको लागि हैन। सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौं भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, केही शिक्षक घाइते

काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबीच आइतबार झडप भएको छ। माइतिघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले शिक्षकहरूमाथि बल प्रयोग गरेको थियो। प्रहरीले सुरुमा पानीको फोहरा हानेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। त्यसपछि भएको झडपमा केही शिक्षकहरू घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु, सञ्चालकसहित तीन जना पक्राउ

ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका एकजना पुरुषको मृत्यु भएको घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विश्वास नेपाल रिह्‌याब सेन्टर सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं