बिएल संवाददाता
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले वैशाख १५ गते आज काठमाडौंमा प्रदर्शन गर्दैछ।
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
आज दिउँसो १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा प्रदर्शन आयोजना हुने राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालको कार्यक्रममा चार राजावादी लिजेन्डहरू एकै ठाउँमा उपस्थित हुने राप्रपा नेपालले दाबी गरेको छ।
अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजवादीहरूको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टलाई औपचारिक पत्रसहित व्यक्तिगत फोनसम्पर्कसमेत गरेर निम्तो दिएका राप्रपा नेपालले जनाएको छ।
चारजना राजावादी लिजेन्डहरू थापा, लिङ्देन, सुवेदी र विष्ट एकै मञ्चमा उभिने राप्रपा नेपालको दाबी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया