
‘श्री ५’ लेख्ने पूर्वराजालाई कारबाही गर्न एमाले सांसदको माग
नेकपा एमालेको सांसद ठाकुर गैरेले पूर्वराजाले नेपालको संविधानले नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ? भन्दै प्रश्न गरेका हुन्। उनले भने, ‘हिजो अत्यन्त लज्जास्पद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा. फणिराज पाठक, संवाद सचिवका नामबाट वक्तव्य प्रकाशित भयो। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु- नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ?’

बिएल संवाददाता - काठमाडौं