मङ्गलबार, १२ अगस्ट २०२५

ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडिओ पनि भाइरल

ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडिओ पनि सार्वजनिक भएकाे छ।  ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोरखा पुगेर प्रचण्डले भने, चुनावमा गरेका वाचा भुलेको छैन

‘सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं। त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु’ प्रचण्डले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुनैबेला सलमान खान पनि थिए ‘फ्लप’ हिरो

यो फिल्मले दर्शकको अपेक्षा अनुसार कमाई गर्न सकेन। सलमानले साढे तीन दशकभन्दा बढीको करियरमा धेरै पटक सफलताको स्वाद चाखेका छन्, तर अभिनेताले धेरै पटक नराम्रो समयबाट पनि गुज्रनु परेको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षक आन्दोलन २४औं दिन पनि जारी

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ।  शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कश्मिरमा २६ जना पर्यटकको हत्या गर्ने ‘द रेसिस्टेन्स फ्रन्ट’ के हो? (भिडिओसहित)

यो घटनाको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ अर्थात् टिआरएफ भनिने एउटा आतंकवादी संगठनले लिएको छ। ‘प्रतिरोधी मोर्चा’का रुपमा यो संगठनलाई लश्कर-ए-तायवाले आफ्नो छाँया संगठनको रुपमा प्रयोग गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजबाट बजेट अधिवेशन सुरू, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेछन् र दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चको आदेश सरकारलाईमात्र होइन शिक्षकहरूलाई हठ त्याग्नु पनि भनेको हो- शंकर पोखरेल

उनले सरकार र राजनीतिक दलहरूले आजदेखि सुरु हुने संसदको यही अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भनेर प्रतिवद्धता जनाइसके पनि शिक्षकहरूले हठ नत्यागेको आरोप पनि लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत-पाकिस्तान ‘युद्ध नजिक’ !

भारत र पाकिस्तान दुबै देश परमाणु हतियारले सम्पन्न छन्। एकअर्काविरुद्ध शक्ति प्रदर्शनका लागि उनीहरूले अत्याधुनिक हातहतियारमा निकै प्रतिस्पर्धा नै गर्छन्। पहलगाम घटनापछि दुबै देशले एकअर्का विरुद्ध अघि बढाएका कदमहरूले फेरि एकपटक दक्षिण एशिया निकै त्रसित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद् अधिवेशन आजदेखि

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ज्याकाराण्डाको नीलो छाँयामा अनामनगर क्षेत्र (तस्बिरहरू)

वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ। सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज भूकम्प स्मृति दिवस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्तो छ आजको मौसम

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौं गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको एक इजलासले शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो। सर्वोच्चले कक्षा १२ को परिक्षा पनि समयमै गर्न र एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था आउन नदिन आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली भन्छन्ः एमालेले सरकारबारे धेरै चिन्ता गर्दैन, चुनाव हेर्छ

एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकारको बारेमा धेरै चिन्ता नगर्ने बताएका छन्। उनले एमालेलेले चुनावको बारेमा चिन्ता गर्नुपर्ने बताए। लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसन कार्यक्रममा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेकोले सरकारको आयुबारेका हल्लाको पछि नलाग्न आग्रह गरे। उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो। यो स्थिरता र स्थायित्वका लागि बनेको हो। सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ। त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन। एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं। त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा चेतावनीः आधारभूत कुरामा ‘कम्प्रमाइज’ गर्नुपरे सरकारबाट बाहिरिन्छौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने चेतावनी दिए। उनले भने, ‘अहिले मैंले समस्याको कुराहरू गरें। तर हामीले समाधान पनि दिनुपर्छ। हाम्रा बाध्यताहरू छन्, एक्लै छैनौँ, सरकारमा छौँ। कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं। हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ। सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलक्षित सुनिताको टिप्पणीः स्टन्ड गरेर देश बन्दैन, काम गर्नुपर्छ

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जालमा स्टन्ड गर्दैमा देश नबन्ने बताएकी छन्। बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अरुलाई गाली गरेर स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने बताईन्। उनले भनिन्, ‘अहिले हामीले देख्छौं। धेरै जनाले स्टन्ड गर्नुहुन्छ। बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरुलाई गाली गरेर नै देश बन्छ जस्तो पनि लाग्छ। तर स्टन्ड गरेर देश बन्दैन। देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ। त्यसैले हामी स्टन्ड गर्ने युवा हैनौं। काम गर्ने युवा बनौं, हामी अराजक युवा हैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन्। विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएसँगै एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको दाबीः शीर्ष नेताहरूप्रति जनताको विश्वास टुटिसक्यो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेका प्रमुख पार्टीका शीर्ष नेताहरूप्रति आममानिसको विश्वास टुटिसकेको दाबी गरेका छन्। लोकतन्त्र दिवसका अवसरमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताए। उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको पनि टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्रीको ‘बोल्ड डिसिजन’- निजी मेडिकल कलेजलाई सरकारले कुनै पनि सहयोग नगर्ने

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई मन्त्रालयबाट हुने सबै सहयोग रोक्ने चेतावनी दिएका छन्। आवासीय चिकित्सकलाई ८औं तहको निर्वाह भत्ता दिनुपर्ने सरकारले निर्णय गरेपनि निजी मेडिकल सञ्चालकहरूले श्रमशोषण गरेको आरोप लगाउँदै चिकित्सकहरूले आन्दोलन थालेका छन्। बिहीबार नेपाल चिकित्सक संघ, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिसँगको छलफलमा मन्त्री पौडेलले सरकारको निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं