बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने चेतावनी दिए।
उनले भने, ‘अहिले मैंले समस्याको कुराहरू गरें। तर हामीले समाधान पनि दिनुपर्छ। हाम्रा बाध्यताहरू छन्, एक्लै छैनौँ, सरकारमा छौँ। कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं। हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ। सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन।’
कानून एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै कांग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ।
यस्तै, उनले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होईन नागरिकहरूसँग बसेर संवाद गरेर सुधार गर्दै लैजानुपर्ने पनि बताए।
उनले भने, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन्। त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन्। नागरिकहरूसँग बसेर संवाद गर्ने हो। सच्चाउनुपर्ने कुरा सच्चाउने हो।’
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया