बिएल संवाददाता
एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकारको बारेमा धेरै चिन्ता नगर्ने बताएका छन्। उनले एमालेलेले चुनावको बारेमा चिन्ता गर्नुपर्ने बताए।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसन कार्यक्रममा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेकोले सरकारको आयुबारेका हल्लाको पछि नलाग्न आग्रह गरे।
उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो। यो स्थिरता र स्थायित्वका लागि बनेको हो। सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ। त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन। एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं। त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस्।’
उनले युवाहरूलाई भड्काउने कोसिस भइरहेको दाबी गर्दै त्यसतर्फ सचेत हुन् आग्रह गरे। उनले राजावादीहरूले ‘जंगली मात्रै नभइ राक्षसी प्रवृत्ति देखाएको’ भन्दै त्यसलाई अस्वीकार गर्न युवाहरूलाई निर्देशन दिए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया