मङ्गलबार, १२ अगस्ट २०२५

ओलीले शिक्षकलाई ‘अपमान’ गरे, अब एक दिन पनि नेतृत्वमा बस्न मिल्दैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको  अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्टाचारीको रक्षा गर्न भएको बताए। उनले भने, ‘अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको सरकारको जन्म नै अप्राकृतिक छ। अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ। यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो। यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौं र लाखौं शिक्षक सडकमा छन। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको रिटमा ‘कारण देखाऊ’ आदेश, अब ‘संयुक्त इजलास’मा सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलरबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। त्यस्तै इजलासले लामिछानेको रिट निवेदनलाई संयुक्त इजलासमा पठाउने आदेश गरेको छ। अब लामिछानेको मुद्दा संयुक्त इजलासले हेर्नेछ। संयुक्त मुद्दाको सुनुवाइका लागि अब अर्को पेशी तोकिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको विरोध रिजालले सकेनन् सहन, भन्छन्- राजीनामा दिएकी मन्त्रीको देवत्वकरण नगरौं

एक समय केपी ओलीको सबैभन्दा धेरै आलोचना गर्ने संसारकै गफाडी बताउने नेता विष्णु रिजाल आजकल ओलीको चच्चागिरी गरेर नथाक्ने अवस्थामा पुगेका छन्। रिमालले हिजोमात्र राजीनामा दिएकी शिक्षामन्त्री विद्या भट्टराईलाई देवत्वकरण गरिएको भन्दै असन्तुष्टि पोखेका छन्। मन्त्रीले राजीनामा दिएको निहुँमा पद छाडेकी मन्त्रीलाई देवत्वकरण गर्ने र प्रधानमन्त्रीमाथि आक्रमण गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। नैतिकता देखाउँदै राजीनामा दिएकी मन्त्रीलाई दानवीकरण गर्दै पद छोड्न बाध्य बनाउने प्रधानमन्त्रीलाई चैं देवत्वकरण गर्ने हेतुले रिजालले मंगलबार सामाजिक सञ्चालमार्फत ओलीको चम्चागिरी दोहोर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज तीन संसदीय समितिको बैठक बस्दै

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए। कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय उर्जामन्त्री नेपालमा

विद्युत् मन्त्री खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सबस्टेसन, २२०–३३ केभी बानेश्वर सबस्टेसन र २२०–१३३–३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रोकिएन १२ को परीक्षा, तोकिएकै मितिबाट हुने

शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीले समेत राजीनामा दिएपछि बोर्डको बैठक बसेको थियो। बैठकले उक्त परीक्षा नरोक्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षामन्त्रीको राजीनामापछि के होला शिक्षक आन्दोलन र राजनीति?

प्रधानमन्त्री आफैले पनि शिक्षक आन्दोलनको खिसिट्युरी गर्दै सार्वजनिक भाषणमै उनीहरूको ‘मजाक’ उडाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख

आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ। केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

आजको मौसमः यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुशासन आयोग गठन, ओली आफैं अध्यक्ष!

यो आयोगमा अरु १४ सदस्य हुनेछन्। ओलीले त्यसमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोगका प्रतिनिधिलगायतका सदस्य राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘पार्टीको मान्छे हुँ’ भन्दै नेपाल-भारतका व्यापारीबाट करोडौं ठगी गर्ने ‘नामुद ठग’ च्याप्पै

आफूलाई पार्टीको मान्छे बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार एकव्यक्ति पक्राउ परेका छन्। व्यापारीहरूबाट उठाएको रकम नतिरी फरार भएका ‘नामुद ठग’ बलराम ढकाललाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। ढकाल दुई वर्षदेखि फरार थिए। प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए। नेपाल तथा भारतका व्यापारीहरूबाट उनले झण्डै ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

‘उपसचिव हूँ’ भन्दै ठगी गर्ने महिला पक्राउ

नेपाल सरकारको ‘उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका-५ घर भइ हाल ललितपुर महानगरपालिका-२५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपाने छिन्। उनले विभिन्न व्यक्तिहरूलाई फरक-फरक परिचय दिई आफू ‘कानून मन्त्रालयको उपसचिव हूँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईंलाई विमानस्थलको विभिन्न ठेक्का मिलाई दिन्छु’ भन्दै राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी सात लाख ६० हजार आ‍ठ सय रुपैयाँ लिएको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दानव नदी’मा पौडी खेल्न गएका तीन बालक बेपत्ता, खोजीमा सशस्त्रको टोली परिचालन

रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीनजना बालक  बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजेतिर उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। बेपत्ता हुनेहरूमा सोही ठाउँका १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव छन्। घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर खोजीकार्य सुरु गरिसकेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही