बिएल संवाददाता
ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्।
कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि उनी मंगलबार नेपाल आएका हुन्।
एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो।
उनले आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन्।
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए। कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन्।
रयल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन्।
उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया