
कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता - काठमाडौँ
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्याउने बताएका हुन्। उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ। हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ।’
बिएल संवाददाता - चितवन
अरुण (सरकार) करिब २ बजेको समयमा म अनामनगर जाने सोचमा पठाओ राइड बुक गरे अन्दाजी १९-२० वर्षका युवासँग राइडमा बसेपछि हाम्रो वार्तालाप सुरु भयो। युवाले फ्याट्ट प्रश्न तेर्स्याए ‘दाई हजुर हेर्दा कुनै कर्मचारी जस्तो लाग्यो, नराम्रो नमान्ने भए एउटा प्रश्न गरौ?’ मैले भनें ‘हुन्छ भाइ! म सरकारी कर्मचारी हैन, म एउटा नेपाली युवा हुँ र म प्रजातान्तान्त्रिक विचारधारामा आवद्ध छु।’ सायद मेरो यति परिचय भाइलाई पर्याप्त थियो। भाइले प्रश्न गर्दा अलि हच्चकच्चिएर गर्न खोजेको लागेर मैले उनलाई ठ्टयौलो पारामा भनें, ‘भाइ! डराउनु पर्दैन म कम्युनिष्ट विचारधाराको अनुयायी नभईकन प्रजातान्त्रिक विचारधारामा हिड्ने र देश र जनताको विकास प्रजातान्त्रिक विचारबाट हुन्छ भन्नेमा विश्वास गर्ने युवा हो। तपाईंको प्रश्न के छ मनमा के लागेको छ? भन्नुस् तपाईंको मनको प्रश्नको सकेसम्म समाधान गर्ने प्रयास म गर्ने छु।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला-२ का आयोजक र प्रतियोगीहरूले भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटघाट गरे। शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडौं
हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित बर्मेली नागरिकलाई लक्षित गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ। थाइल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित ७१ लाख ६ सय ४२ म्यान्मार क्याट बराबरको राहत सहयोग बैंकमार्फत म्यान्मारको भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो। यस मानवीय राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति एनआरएनए थाइल्यान्डले आभार प्रकट गरेको छ। विशेष रूपमा अभियानको समन्वय, व्यवस्थापन र कार्यान्वयनमा बिक्की पोखरेल र हिमालयन पौडेल (कालु)ले देखाएको अग्रसरता उल्लेखनीय थियो।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरू रिहा भएका छन्। करिब ४ घण्टा प्रहरी हिरासतमा बसेर उनीहरू छुटेका हुन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर थुनिएपछि बाहिर निस्किएका राप्रपा नेताहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गरेका थिए। सो क्रममा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगायत नेताहरू पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आइतबार निवेदन दर्ता गराएका उनका वकिलहरूले बताएका छन्। लामिछानेको रिट निवेदनमा सोमबारलाई पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ। आफूलाई थुनामा पठाउने उच्च अदालतको बुटवल तुलसीपुर इजलासको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिइसकेका छन्। तर, त्यसमा आदेश आउन ढिला हुने भएपनि उनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका उनलाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन्। आइतबार विराटनगरमा (हाम्रो मत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानाशाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन्। अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - विराटनगर
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन्। ‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ-आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन्। साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए। ‘म्यान्माली नेपाली साहित्यकारले थाइल्यान्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनु, राम्रो गर्दै जानू, यहीँ मेरो शुभकामना छ,’ उनले भने।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरू संशकित भएका छन्। तल्लो तहको कर्मचारीको ‘अण्डर’मा बस्नुपर्ने हो कि भनि उनीहरू डराएको अवस्था छ। गर्भनर बन्नका निम्ति कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिइसकेका छन्। आफ्नो नाम पक्कापक्की भएपछि उनले पद छोडेका हुन्। तर, डेपुटी गर्भनर निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत गरेकी छैनन्। राजीनामाको विषयमै छलफल गर्न आइतबार राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडौं
सुदूरपश्चिम एमालेमा पहिरो जाने क्रम अझै रोकिएको छैन। भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि सुदूरपश्चिममा सुरु भएको पार्टी परित्याग गर्ने लहर अझै जारी छ। केही दिनअघि मात्र सुदूरपश्चिम एमालेका ७० बढी नेताकार्यकर्ताहरूले पार्टी परित्याग गरी भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएका छन्। गत वैशाख ४ गते एमाले सुदुरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा ७० जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका हुन्। भीम रावलाई कारबाही गरेयता सुदूरपश्चिमका ३०० बढी नेताहरूले एमाले परित्याग गरिसकेका छन्।
बिएल संवाददाता - सुदूरपश्चिम
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन-झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन्। आइतबार सिंहरबारमा गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए। उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिक अधिकारवादी संघ संस्थाहरूले सुन्छ।’ उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता भएको टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुलीबजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानबहादुर शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको उनले बताए। प्रहरीले उनीहरूलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेको छ। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ परेका छन्। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमै बेहीबेर बन्धक बनेका सांसदहरूलाई प्रहरीले गिरफ्तार गरेको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेका छन्। केहीबेरअघि दलको कार्यालयमा पुगेका राप्रपाका सांसदहरूलाई प्रहरीले बाहिर निस्कन नदिएपछि लिङदेन सिंहदरबार पुगेका हुन्। यतिबेला सांसदहरू बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफलमा जुटेका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थुनिएका छन्। बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफल भइरहेका बेला प्रहरीले उनीहरूलाई दलको कार्यालयमै बन्धक बनाइएको राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सञ्चारकर्मीहरूसँग बताए। उनका अनुसार राप्रपा सांसदहरूलाई डीएसपीको कमाण्डमा बन्धक बनाइएको उनले बताए। राप्रपाका केही सांसदहरू भर्खरै दलको कार्यालय पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू सिंहदरबार केन्द्रीत भएका छन्। केही नेता तथा कार्यकर्ताहरूले सडकमै प्रदर्शन गरेपनि राप्रपाका सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ। ‘सबै मान्यज्यूहरू सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ। उहाँहरूले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने।
बिएल संवाददाता - काठमाडौं
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिजुलीबजार क्षेत्रमा मात्र प्रदर्शनको तयारी गरेको छ। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार बालुवाटार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रबाट र्यालीको तयारी गरिएपनि भर्खरै बसेको राप्रपा नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रीत हुने निर्णय गरेको छ। राप्रपाका एक पदाधिकारीका अनुसार आन्दोलनमा कार्यकर्ताहरूलाई आह्वान गरिएको छैन। सीमित नेताहरू मात्र सहभागी हुने र स्वतस्फूर्त आउने कार्यकर्ताहरू मात्र सहभागी हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
शिक्षा ऐन माग्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक-कर्मचारीहरू अरू दिनभन्दा आज बिहानैदेखि माइतीघर मण्डलामा उत्रेका छन्। आइतबार राप्रपाले पनि माइतिघरमा आन्दोलनको तयारी गरेपछि शिक्षकहरू राप्रपाका प्रदर्शनकारीहरूभन्दा अघि नै माइतिघर पुगेका हुन्। शिक्षकहरू आज बिहान ९ बजेदेखि नै मण्डलामा भेला भइसकेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ। शिक्षकहरू गत चैत्र २० गतेबाट नियमित प्रदर्शनमा छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .