मङ्गलबार, १२ अगस्ट २०२५

राप्रपा नपुग्दै शिक्षकहरूको कब्जामा माइतीघर

शिक्षा ऐन माग्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक-कर्मचारीहरू अरू दिनभन्दा आज बिहानैदेखि माइतीघर मण्डलामा उत्रेका छन्। आइतबार राप्रपाले पनि माइतिघरमा आन्दोलनको तयारी गरेपछि शिक्षकहरू राप्रपाका प्रदर्शनकारीहरूभन्दा अघि नै माइतिघर पुगेका हुन्। शिक्षकहरू आज बिहान ९ बजेदेखि नै मण्डलामा भेला भइसकेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ। शिक्षकहरू गत चैत्र २० गतेबाट नियमित प्रदर्शनमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बागमती वारियर्स पावरलिफ्टिङ’ प्रतियोगिता समापन

ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा ‘बागमती वारियर्स– बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५’ सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पको निवास घेरे अमेरिकीले, पचासै राज्यमा आन्दोलन

प्रदर्शनकारीले यो आन्दोलनलाई ‘५०५०१’ नाम दिएका छन्। यसको मतलव ५० प्रदर्शन, ५० राज्य र एक आन्दोलन गर्नू भन्ने हो। अमेरिकामा ५० राज्य छन्। ती सबैजसो राज्यहरूमा अहिले ट्रम्प विरुद्ध प्रदर्शन भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, सरकार नडराए हुन्छ!

आज निषेधित क्षेत्र तोड्ने र परिआए सामूहिक गिरफ्तारी दिनसमेत पछि नपर्ने चेतावनी दिँदै राप्रपाले प्रदर्शन आह्वान गरेको छ।  उसको त्यो चेतावनीलगत्तै गृहमन्त्रालयले कानुनविपरीत नजान भन्दै अर्को चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकहरू बिहानैदेखि सडकमा, गृहको ‘चेतावनी’का वावजुद राप्रपाले निषेधित क्षेत्र तोड्ने

हजारौं शिक्षकले २० दिनदेखि ढाकिरहेको माइतीघर-वानेश्वर सडकमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति प्रदर्शन गर्दैछ। शिक्षकहरूले भने बिहानैदेखि प्रदर्शनमा छन्। राप्रपाले सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनाएर निषेधित क्षेत्र तोड्ने भनेर यसअघि नै उद्घोष गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यातायात कार्यालय नवलपरासीद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ। चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

२० वर्षपछि सडक स्तरोन्नति

निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो। २०१३ साल अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौंलगायत ठाउँमा आवतजावत गर्थे।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

वर्षाले किसानलाई राहत

समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ। लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन्। मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

कोशी पर्यटन वर्षः घुम्न लायक १० गन्तब्य

कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ। कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आइतबार आज यस्तो छ विदेशी मुद्राको दरभाउ

नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नौ वर्षपछि दोदा नदीमा पुल बन्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिका  र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

निषेधित क्षेत्र तोड्ने राप्रपाको चेतावनीप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्। यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा नेताहरूसँग पूर्वराजाको लन्च मिटिङ, भोलि सामूहिक गिरफ्तारी दिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेताहरूसँग लन्च मिटिङ गरेका छन्। वैशाख ७ गते हुन लागेको राजावादी आन्दोलनको तयारीबारे छलफलका लागि पूर्वराजाले शुक्रबार लन्च मिटिङ आयोजना गरेको स्रोतले बतायो। राजाको लन्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायत नेताहरू सहभागी थिए। करिब डेढ घण्टासम्म सघन छलफल भएको बताइएको छ। आइतबार हुन लागेको आन्दोलनका साथै नयाँवर्षको सन्दर्भमा दिएको शुभकामना वक्तव्यपछि बाहिरको माहोल बुझ्न पूर्वराजाले राप्रपा नेताहरूलाई बोलाएका बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक जान लागेकी छन्। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप)’को ८१ औं सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा भोलि बैंकक जान लागेकी हुन्। नेपाल हाल यूएनस्केपको अध्यक्ष छ। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ १५ गते गणतन्त्र अन्त्य गर्ने जगमान गुरुङको घोषणा

राजतन्त्र पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले गणतन्त्र दिवसकै दिन गणतन्त्र अन्त्य हुने ठोकुवा गरेका छन्। शनिबार पृथ्वीपथको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले जेठ १५ गते गणतन्त्र अन्त्य हुने घोषणा हुन्।  उनले भने, ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ। हामी तयार छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरूबीच छलफल भएको हो। उनीहरूबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बसन्तपुर शिवपार्वती डबलीमा परम्परागत चर्या नृत्य (फोटो फिचर)

बसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरूको प्रदर्शनी गरिएको छ। काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो। यस्ता नृत्यहरू बज्राचार्यहरूले गुप्त रुपमा गर्ने गरेका छन्। महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्द्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो। देवीदेवताको भावमा देव कलाकारहरूले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए। उनीहरूको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चबुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिम्मेवार तहमा पुगेकाहरू इमान्दार हुनुपर्छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरूले अध्ययन गर्ने आधार नभएको बताएका छन्। शनिबार ‘राष्ट्रिय शासन शिखर सम्मेलन २०२५’ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको  प्रभावकारी कार्यान्वयनको लागि सांसदहरूले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन्। उनले भने, ‘बनेको कानूनको कार्यान्वयन कसरी भईरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ उहाँहरूलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानूनहरु कार्यान्वयनमा कसरी गईरहेका छन्। त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन। संशोधन गर्न जरुरी छ कि छैन। कानूनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन। उहाँहरू जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा आगलागी: २ करोड बराबरको क्षति

गएराति रौतहटमा भएका आगलागीमा करिब दुई करोड  बराबरको धनमाल क्षति भएको छ।  बैधिमाइ नगरपालिका-५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीनतल्लाको पक्की घरमा आगलागी भएको हो। घरको अन्डरग्राउण्ड गोदाममा विद्युतको तार सर्ट हुँदा आगलागी भएको रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए। उनका अनुसार अन्डरग्राउण्ड गोदाममा रहेका कपडा र चप्पललगायत गरी एक करोडको क्षती पुगेको छ। एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए। सुरक्षाकर्मी, स्थानियवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको  सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक प्रसादले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट