बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेताहरूसँग लन्च मिटिङ गरेका छन्।
वैशाख ७ गते हुन लागेको राजावादी आन्दोलनको तयारीबारे छलफलका लागि पूर्वराजाले शुक्रबार लन्च मिटिङ आयोजना गरेको स्रोतले बतायो।
राजाको लन्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायत नेताहरू सहभागी थिए। करिब डेढ घण्टासम्म सघन छलफल भएको बताइएको छ।
आइतबार हुन लागेको आन्दोलनका साथै नयाँवर्षको सन्दर्भमा दिएको शुभकामना वक्तव्यपछि बाहिरको माहोल बुझ्न पूर्वराजाले राप्रपा नेताहरूलाई बोलाएका बुझिएको छ।
राप्रपा नेताहरूले अर्थतन्त्रको विषयलाई पनि जोडतोडले उठाउँदा सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए। त्यस्तै पूर्वराजाले तीनकुने घटनाको बारेमा पनि जानकारी लिएका छन्।
तीनकुने घटनामा दुर्गा प्रसाईंको कारण राजसंस्थाप्रति गलत सन्देश गएकोमा पूर्वराजादेखि राप्रपा नेताहरूले स्वीकार गरेका बैठकमा सहभागी राप्रपा नेताले बताए।
भेटमा सहभागी ती नेता भन्छन्, ‘सरकार (पूर्वराजा)ले दुर्गा प्रसाईंलाई कमाण्डर बनाएर गल्ती भएको भन्दै आत्मआलोचना गर्नुभएको छ। पछिल्लो समय रातन्त्रको पक्षमा माहोल बन्दै गएपनि राजावादी नेताहरूबीच नै एकता नभएकोमा पनि गुनासो गर्नुभएको छ।’
राप्रपाले भोलि वैशाख ७ गते राप्रपा नेताहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन्। पूर्वराजा शाहले भने तीनकुने घटनाबाट पाठ सिकेर संयमित भएर अघि बढ्नुपर्ने बताएका लन्च मिटिङमा सहभागी ती नेताले बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया