बुधबार, १३ अगस्ट २०२५

द्वन्द्वपीडितको पीडा बुझेका छौं, जेल-नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छः ‌ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग (टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाई भइरहेको बताए। उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्वन्द्वपीडितहरू सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उदेश्य रहेको बताए। उनले आयोगमार्फत काम गरेर  पीडितहरूलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई कवि घिमिरेको सहयोग

राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्। थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा, साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि कवि-साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्। म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौंस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे। नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक संघ-संगठनमा आवद्ध कवि घिमिरेको म्यान्मा र थाईका नेपालीसामु ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो। अझ भनौं ‘रमादेवीको कथा’ कविताचाहिँ बर्मेली नेपाली युवाको मनमनमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली काँग्रेसको जवाफ: प्रचण्डले भन्दैमा सरकार ढल्ने वा बन्ने हुँदैन

बैठकमा मन्त्रीहरूले केही प्रगती विवरण सुनाएका थिए। त्यसपछि पार्टी सभापति देउवाले अझ राम्रो फर्फमेन्स गर्न मन्त्रीहरूलाई अह्राएका थिए।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार कसैले हल्ला चलाउँदैमा नढल्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्र बैंकले पाउँदै ‘विचौलियाले नबोकेका’ गभर्नर !

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि एमाले-कांग्रेसबीच सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लगातारको वार्ता, छलफल र हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गभर्नरमा सहमति जुटेको बताइएको छ। अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने उनीहरूबीच समझदारी बनेको छ। यसअघि गभर्नरका लागि चर्चा थिए रहेका राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना। तर, दुवै पार्टीको दोस्रो तहबाट व्यापक असन्तुष्टिपछि ओली-देउवा न्युट्रल व्यक्तिको नाममा सहमत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्र बैंकले पाउँदै ‘विचौलियाले नबोकेका’ गभर्नर !

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि एमाले-कांग्रेसबीच सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लगातारको वार्ता, छलफल र हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गभर्नरमा सहमति जुटेको बताइएको छ। अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने उनीहरूबीच समझदारी बनेको छ। यसअघि गभर्नरका लागि चर्चा थिए रहेका राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना। तर, दुवै पार्टीको दोस्रो तहबाट व्यापक असन्तुष्टिपछि ओली-देउवा न्युट्रल व्यक्तिको नाममा सहमत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानमा भीषण ‘असिना वर्षा’ले उत्पात

बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ। भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ। इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ। सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

पार्टीको जिम्मेवारीबाट अलग हुँदै सुमना

अब आफू प्रतिनिधिसभाको सदस्यको जिम्मेवारीमात्रै रहेर काम गर्ने र पार्टीभित्रको पद नओगट्ने भन्दै उनले राजीनामा दिन लागेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकाे उच्च, ताेलामा १ लाख ९० हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैपटक ३६०० रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खस्कियो नेपाली क्रिकेटको वरियता खस्कियो, दीपेन्द्र तेस्रोमा

नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो। नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यो वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी (नाम परिवर्तन) १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्नु हुन्छ। उनी हरिपुर्वा नगरपालिका–५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत छिन्।  बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा उनी पछिल्लो समय बालविवाह हुन नदिन लागिपरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

तेह्रथुमको बसन्तपुर बजार (तस्बिरहरू)

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो। यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक हो।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए। उनको सम्पूर्ण लागत खर्च हो, छ लाख। यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

आजको मौसमःयी क्षेत्रमा वर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्रीलाई एमालेको बुझायो आगामी ‘नीति तथा कार्यक्रम’का लागि सुझाव

नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि विषयगत सुझावहरू बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन्। एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराए। उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रीत संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका नेताहरूको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का नेताहरूले भेटवार्ता गरेका छन्। माओवादीको वन, वातावरण तथा जलवायु विभागका नेताहरूले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ तय भएकामा स्वागत गर्दै कार्यक्रमको लागि सहमतीय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर सो विभागका नेताहरू माधव सापकोटासहितको टोलीले कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो। प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस ‘बा’को पार्टी होइन्, हाम्रोमा कोही पनि ‘भीम रावल’ बन्दैन

कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी ‘बा’को पार्टी नभएकोले फरक मत र आलोचना गर्न पाइने टिप्पणी गरेका छन्। बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उनले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसमा एमालेजस्तो प्रश्नमा निषेध नरहेको जिकिर गरे। उनले भने, ‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन। यहाँ कोही भीम रावल बन्दैन। किनकी यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बा को पार्टी होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको व्यंग्यः प्रधानमन्त्रीले ‘हिजो बेलुकीसम्म गठबन्धन नटिक्लाजस्तो थियो, आज बिहानैदेखि टिक्ने भयो’ भन्नुपर्‍या छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुभवले नेपालमा कुनै पनि गठबन्धनको सरकार राम्रोसँग चल्न नसकेको बताएका छन्। कांग्रेसको बारा क्षेत्र नम्बर ३ ले बुधबार गरेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक ‘सरकार टिक्छ’ भन्नुपर्ने अवस्था आएको बताए। उनले नेपालको ८/१० वर्षको अनुभवले चुनावअघि वा चुनावपछिका कुनै पनि गठबन्धन राम्रोसँग चल्न नसकेको देखिएको अनुभव सुनाए। उनले भने, ‘प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई-तीन पटक मेरो सरकार टिक्छ, टिक्छ भन्नैपर्छ, जति बलियो भए पनि। हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्छ, यस्तो पनि सरकार हुन्छ हाम्रो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाको अघि बाबुरामले भनेः म ‘कांग्रेस-कम्युनिष्ट’ दुइटै गुण भएको नयाँ मान्छे हुँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन्। बुधबार कांग्रेसका नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन्। ‘शेरबहादुरजी लगायत साथीहरूलाई सुनाउन चाहान्छु, म त सामान्तवाद निरङ्कुसता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहें,’ उनले भने। कांग्रेस र कम्युनिष्टहरू भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरूले लिएको विचार अपुरो भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं