बिएल संवाददाता
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए। उनको सम्पूर्ण लागत खर्च हो, छ लाख। यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए।
तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ। १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उनले बताए।
‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ। र, पनि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ। यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने।
भोक्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। जहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उनले बताए। कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया