बिएल संवाददाता
पुरानो चर्चित गीत 'अच्छा लेकिन लण्डनको चिसोले समाउला' नयाँ भर्सनमा सार्वजनिक भएको छ।
अभिनेता राजेश हमालको कमब्याक फिल्म 'नरसिंहा अवतार' का लागि पुनः रेकर्ड गरिएको गीत बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडिओमा फिल्मका प्रमुख कलाकारहरू राजेश हमाल, नीति शाह, सनिशा भट्टराई, राज कटुवाल, सरोज खनाल, उषा खड्गी, दिपा शाही लगायतको नृत्य हेर्न सकिन्छ।
यो गीतमा शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वर छ। यसको शब्द तथा संगीत शम्भुजित बाँस्कोटाको हो।
गीतको भिडिओ काठमाडौंको जरसिंह पौवामा सेट नै लगाएर ४ दिनमा खिचिएको हो। भिडिओलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतको भिडिओमा एक सय हाराहारी कोरस र त्यति नै संख्यामा दर्शक राखिएको छ।
एक्सन र लभ स्टोरी कथामा निर्माण भएको 'नरसिंहा अवतार' निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। फिल्मको निर्मातामा दिपक शर्मा ढकाल, नरेन्द्र महर्जन, धु्रव न्यौपाने र नेम महर्जन छ।
फिल्म जेठ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
'अच्छा लेकिन' गीतको कुरा गर्दा यो फिल्म 'दैव संजोग' को गीत हो। पुरानो गीतमा शम्भुजित बाँस्कोटा, सुदेश शर्मा र गायिका देविका बन्दनाको स्वर छ। यो गीत लामो समयपछि नयाँ भर्सनमा आएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया