बिएल संवाददाता
राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्।
थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा, साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि कवि-साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्।
म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौंस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे।
नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक संघ-संगठनमा आवद्ध कवि घिमिरेको म्यान्मा र थाईका नेपालीसामु ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो। अझ भनौं ‘रमादेवीको कथा’ कविताचाहिँ बर्मेली नेपाली युवाको मनमनमा छ।
ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौं कृत्ति प्रकाशित छन्। तीमध्ये केही म्यान्माली नेपालीकाे जनजीवनसँगै सम्बन्धित छन्। उनी पटकपटक म्यान्माका नेपालीहरूको घरदैलोमा पुगेका छन्। यसअर्थमा पनि कवि घिमिरे बर्मेली र थाई नेपाली साहित्यकाे समिपमै छन्।
थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलकदमीमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगपछि धन्यवाद दिएका छन्।
‘म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमीको तर्फबाट वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेज्यूलाई पुस्तकका लागि एउटा अनुरोध पत्र पठाएका थियौं। उहाँले हाम्रो आग्रहलाई सहजै स्विर्कानुभयो। पुस्तक सहयोगका लागि उहाँलाई धेरै-धेरै धन्यवाद छ,’ थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्याैपानेले भने।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया