बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक जान लागेकी छन्।
यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप)’को ८१ औं सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा भोलि बैंकक जान लागेकी हुन्।
नेपाल हाल यूएनस्केपको अध्यक्ष छ। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।
सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।
बैंकक भ्रमण सकेर परराष्ट्रमन्त्रीकव टोली अप्रिल २५ मा स्वदेश फर्कने कार्यतालिका छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया