मङ्गलबार, १२ अगस्ट २०२५

ओलीले असहयोग गरेपछि शिक्षामन्त्रीले दिइन् राजीनामा

शिक्षामन्त्री विद्यादेवी भण्डारीले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो। आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो। शिक्षहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका शिक्षकलाई ओलीको आग्रहः प्रतिगामी तत्वहरू सल्बनाएका बेला आन्दोलन नगर्नुस्, फर्किनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भन्दै शिक्षकहरूलाई अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औं राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए। ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेको छ। कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस्। एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्। एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस्। गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन। त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्वहरू सल्बनाएका बेला तपाईँहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निबन्धकार नयाँघरेले गरे थाइ नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन

थाइल्याण्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन गरेका छन्। थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा ‘सियेकवान्खेक’मा स्थापित आदर्श पुस्तकालयमा पुगी मदन पुरस्कार विजेता नयाँघरेले थाइल्याण्डको नेपाली समाज र युवा साहित्यप्रेमीसँग छोटो भलाकुसारी गरेका हुन्। थाइल्याण्डमा नेपाली पुस्तकालयको स्थापना गरी नेपाली ‘भाषा-साहित्य’मा रुचिकर प्रवासी नेपाली विद्यार्थीहरूलाई सहजरूपमा पुस्तक अध्ययन गर्ने सुविधा प्रदान गरेको भन्दै उनले प्रंशसा पनि गरे। पुस्तकालयको अवलोकन गर्न ‘सामाजिक भवन’ पुगेका नयाँघरेलाई साहित्य मन थाइल्याण्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

संसदीय समिति बैठकमा प्रेसलाई ‘प्रवेश निषेध’ गर्न एमाले सांसदको प्रस्ताव

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन्। सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन्। उनले भने, ‘यहाँ मिस इन्फर्मेसन हुन थाल्यो। अब अर्को पटक कुन मुख्य सचिव आउँछ? जसले यहाँ बोलेको कुराको फरक व्याख्या भएर बाहिर उसको विरोधमा नारा लाग्न थाल्छ। अनि कुन कर्मचारी आएर यहाँ बोल्छ, हामी जिम्मेवारी हुनुपर्दैन? त्यसैले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौं। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ। संसदीय समितिको फाइनल रिपोर्ट र निर्णय मात्र प्रेसलाई दिने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रहेनन् पोप फ्रान्सिस

पोप फ्रान्सिसको ८८ वर्षीको उमेरमा सोमबार निधन भएको हो। भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरेका थिए। विगत केही महिनादेखि कडा स्वास्थ्य समस्याबाट पीडित थिए। निमोनिया र रक्तअल्पताबाट पीडित उनमा पछिल्लो समय फोक्सोको संक्रमण पनि देखिएको थियो। क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पछिल्लो पटक पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षणसमेत देखिएको बताएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकालले दिए रविलाई ‘टोले गुण्डा’को संज्ञा

रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट पक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको मुद्दा हेर्न नमिल्नेमा

भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आज तोकिएको छ। लामिछानेको निवेदनको पेसी  न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ। आइतबार लामिछानेकी पत्नी निकिता पौडेलले रविलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। उनको रिट निवेदनमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकालीलगायतलाई विपक्षी बनाइएको उनका वकिलहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको प्राथमिकता कर्मचारीको वृत्तिविकासमा हुनुपर्ने मुख्यसचिवकाे भनाइ

यतिबेला संघीय निजामती विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ।  गएको शुक्रबार कर्मचारी संगठनहरुले ध्यानाकर्षण पत्र बुझाएपछि सांसदहरुले त्यसमाथि छलफल अघि बढाएका छन्।  छलफलका क्रममा सरकारका मुख्यसचिव र मन्त्रालयका सचिवहरूले आआफ्नो धारणा राखे।  बैठकमा अर्थसचिव घनश्याम भुसालले कर्मचारीको उमेर हद ६० वर्ष राख्नुपर्ने सुझाव दिए। उमेर बढाउन हौसाउँदै उनले विधेयकले राज्य सञ्चालनमा सरल हुने बताए। त्यसैगरी, उनले राज्यलाई आर्थिक भार कम हुने विश्वास व्यक्त गरे। मुख्यसचिव अर्यालले भने छलफलमा महत्वपूर्ण विषय उठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनको धम्की :  अमेरिकासँग ब्यापार सम्झौता गर्ने देशले गम्भिर ‘परिणाम’ भोग्नुपर्नेछ

चिनियाँ वस्तुका लागि अमेरिका विश्वको सबैभन्दा ठूलो बजार हो। तर चीन-अमेरिका ब्यापारमा चीन नै अगाडि छ। अमेरिकी बजारमा लगभग १ हजारभन्दा बढी प्रकारका सामानहरू पुग्छन्। तर चिनियाँ बजारमा अमेरिकी सामग्री भने निकै न्यून छ। यसमा ब्यापार घाटा अमेरिकालाई नै छ। गत वर्षमात्रै यी दुई शक्ति राष्ट्रबीच लगभग ५८५ अर्ब डलर बराबरको ब्यापार भएको थियो। त्यसमा चीनले लगभग ४४० अर्बको चिनियाँ बस्तु र सामग्रीहरू अमेरिका पठाउँदा अमेरिकाबाट चीनले भने लगभग १४५ अर्बजतिमात्रै आयात गर्‍यो। यसबाट अमेरिकालाई लगभग २९५ अर्ब डलर ब्यापार घाटा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्यटकको रोजाइमा विचित्र गुफा

यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

जोगबुढा नदीमा ‘गेज मिटर’ राख्न अध्ययन गरिँदै

बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढीले सबैभन्दा बढी प्रभावित हुने कञ्चनपुरको कुतियाकवरस्थित जोगबुढा नदीमा ‘कलर कोड’सहितको गेज मिटर राख्नका लागि अध्ययन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

जेठमा प्रदर्शनको तयारीमा 'महाभोज'

दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'महाभोज' जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार थालिसकेको छ। यसैबीच आइतबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ को मृत्यु, दुई जना गम्भीर घाइते

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ओलीको बोलीः कसैले आएर देश बनाइदिँदैन, आफैं मिलेर गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्‍याउने बताएका हुन्। उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ। हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘पठाओ राईडर’ युवाको सोच र नेपालको भविष्य!

अरुण (सरकार) करिब २ बजेको समयमा म अनामनगर जाने सोचमा पठाओ राइड बुक गरे अन्दाजी १९-२० वर्षका युवासँग राइडमा बसेपछि हाम्रो वार्तालाप सुरु भयो। युवाले फ्याट्ट प्रश्न तेर्स्याए ‘दाई हजुर हेर्दा कुनै कर्मचारी जस्तो लाग्यो, नराम्रो नमान्ने भए एउटा प्रश्न गरौ?’ मैले भनें ‘हुन्छ भाइ! म सरकारी कर्मचारी हैन, म एउटा नेपाली युवा हुँ र म प्रजातान्तान्त्रिक विचारधारामा आवद्ध छु।’ सायद मेरो यति परिचय भाइलाई पर्याप्त थियो। भाइले प्रश्न गर्दा अलि हच्चकच्चिएर गर्न खोजेको लागेर मैले उनलाई ठ्टयौलो पारामा भनें, ‘भाइ! डराउनु पर्दैन म कम्युनिष्ट विचारधाराको अनुयायी नभईकन प्रजातान्त्रिक विचारधारामा हिड्ने र देश र जनताको विकास प्रजातान्त्रिक विचारबाट हुन्छ भन्नेमा विश्वास गर्ने युवा हो। तपाईंको प्रश्न के छ मनमा के लागेको छ? भन्नुस् तपाईंको मनको प्रश्नको सकेसम्म समाधान गर्ने प्रयास म गर्ने छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेरो डान्स र भ्वाइस युनिभर्स’का प्रतियोगीसँग प्रधानमन्त्रीको भेट, आयोजकमाथि यस्तो आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला-२ का आयोजक र प्रतियोगीहरूले भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटघाट गरे। शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारका भूकम्पपीडिलाई ‘एनआरएनए थाइल्याण्ड’को आर्थिक सहयोग

हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित बर्मेली नागरिकलाई लक्षित गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ। थाइल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित ७१ लाख ६ सय ४२ म्यान्मार क्याट बराबरको राहत सहयोग बैंकमार्फत म्यान्मारको भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो। यस मानवीय राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति एनआरएनए थाइल्यान्डले आभार प्रकट गरेको छ। विशेष रूपमा अभियानको समन्वय, व्यवस्थापन र कार्यान्वयनमा बिक्की पोखरेल र हिमालयन पौडेल (कालु)ले देखाएको अग्रसरता उल्लेखनीय थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

४ घण्टा हिरासतमा बिताए, अनि छुटे राप्रपा नेताहरू

आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरू रिहा भएका छन्। करिब ४ घण्टा प्रहरी हिरासतमा बसेर उनीहरू छुटेका हुन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर थुनिएपछि बाहिर निस्किएका राप्रपा नेताहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गरेका थिए। सो क्रममा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगायत नेताहरू पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं