बिएल संवाददाता
थाइल्याण्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन गरेका छन्।
थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा ‘सियेकवान्खेक’मा स्थापित आदर्श पुस्तकालयमा पुगी मदन पुरस्कार विजेता नयाँघरेले थाइल्याण्डको नेपाली समाज र युवा साहित्यप्रेमीसँग छोटो भलाकुसारी गरेका हुन्।
थाइल्याण्डमा नेपाली पुस्तकालयको स्थापना गरी नेपाली ‘भाषा-साहित्य’मा रुचिकर प्रवासी नेपाली विद्यार्थीहरूलाई सहजरूपमा पुस्तक अध्ययन गर्ने सुविधा प्रदान गरेको भन्दै उनले प्रंशसा पनि गरे।
पुस्तकालयको अवलोकन गर्न ‘सामाजिक भवन’ पुगेका नयाँघरेलाई साहित्य मन थाइल्याण्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गरेका थिए।
‘आदर्श’ पुस्तकालयका पदाधिकारी तथा साहित्य मनका पदाधिकारीहरूले पुस्तकालयको अवलोकन गर्ने क्रममा नयाँघरेबाट थप सल्लाह मागेका थिए।
त्यस्तै, नेपालबाट लैजान सक्ने नेपाली साहित्यका उपयोगी पुस्तकबारे छलफल समेत गरे। थाइल्याण्डमा रहेको नेपाली समुदायमाझ नेपाली भाषा-साहित्यको विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको साहित्य मन थाइल्याण्डका अध्यक्ष न्यौपानेले बताएका छन्।
‘आदर्श’ पुस्तकालयको प्रवर्द्धनमा थाई नेपाली संघ बैंकक शाखाका अध्यक्ष रामकुमार ढुंगानासहित शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपाने र साहित्य मनका पदाधिकारीहरू दीपा राना, डेबिड् अल्विन राउत, राज पौड्याल, रविचन्द्र अधिकारीलगायत खटिएका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया