
‘सरकारले कार्यशैली सच्याउनुपर्छ तर दुई दलबीचको सहमतिमा दायाँबायाँ हुन्नौं’
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस-एमालेबीचमा भएका सहमतिमा दायाँबायाँ नहुने बताएका छन्। पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारका केही कमीकमजोरी भएपनि त्यसलाई सच्याउँनुपर्ने तर दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए। उनले सभापति देउवाले पनि सरकारको कार्यशैली सुधार गर्नुपर्ने बताएको उल्लेख गर्दै नागरिकका भावना र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताए।

बिएल संवाददाता - काठमाडौं