
कान्छारामलाई २० करोड डिल गरेको आरोप लगाउँदै महेश बस्तेतले भनेः ‘अब समय आयो…’
एमाले नेता महेश बस्नेतले पूर्व ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन्। बिहीबार फेसबुकमा स्टाटस देख्दै बस्नेतले तामाङमाथि राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीले बर्खास्त गरेको दाबी गरेका छन्। बस्नेतले तामाङले ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गरेको पनि आरोप लगाएका छन्। उनले तामाङले पद खुस्किएपछि प्रधानमन्त्री ओलीको विरुद्ध अनेक आरोप लगाउँदै हिँडेको भन्दै एमाले पङ्क्तिको हातमा पनि दही जमेर नबसेको चेतावनी दिएका छन्।

बिएल संवाददाता - काठमाडौं