बिएल संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानै उमेरमा राजनीतिमा नलाग्न बालबालिकालाई सुझाव दिएका छन्।
कर्णाली प्रदेशस्तरीय बाल सञ्जालको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कँडेलले राजनीतिबारे जानकारी लिए पनि राजनितीमा बुझेर मात्र लाग्न सुझाव दिएका हुन्।
‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला,’ उनले भने, ‘यो उमेरकै तपाईहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला।’
राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाइ छ। विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन सञ्जालका पदाधिकारीलाई सुझाव दिए। मुख्यमन्त्री कँडेलले आफ्नो मात्र नभएर बिद्यालय जान नपाएका बालबालिकाहरूको पनि सवाललाई उठाउन उनीहरूलाई आग्रह गरे।
मुख्यमन्त्री कँडेलले विद्यालय जान नपाएका बालबालिकाहरूको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरू नै बढी जानकार हुने हुँदा उनीहरूलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न सुझाव दिए।
उनले भने, ‘तपाईंहरू कै घरछिमेकका बालबालिकाहरू अझै विद्यालय बाहिर छन्, उनीहरूलाई स्कूल जान प्रेरित गर्नुहोला।’
सामाजिक कुरीति अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने पनि मुख्यमन्त्री कँडेलले बालबालिकालाई सुझाव दिए। हानिकारक कुरीति जन्मिने घरबाट भएकोले आफ्नो घरमा त्यस्तो कुरिति जन्मन नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले बालअधिकारका बिषयमा राखेका विषयहरू सान्दर्भिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न बालबालिकालाई सुझाव दिए।
कर्णाली प्रदेश स्तरीय बाल सञ्जालका पदाधिकारी र सदस्यहरूले आज भेटघाट गरि ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझाउँदै सञ्जालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरूको उचित सवालको समयमै व्यबस्थापन गर्नुपर्ने, बालविवाह न्युनिकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातिय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरूमाथिको हिंसा न्युनिकरण गर्न कानुनसँगै व्यबहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया