बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। उनले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको बताइन्।
नेपालस्थित भारतीय दूतावासले कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिन आयोजना गरेको सभामा बोल्दै उनले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताइन्।
राणाले भनिन्, ‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्छ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’
मन्त्री रााणाले पहलगाममा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याउन गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिइन्।
उनले आतंकवादका विषयमा दोहोरो मापदण्ड नहुने भन्दै नेपाल यस दुःखको घडीमा भारतको साथमा रहेको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको स्पष्ट पारिन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया