बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। उनले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको बताइन्।
नेपालस्थित भारतीय दूतावासले कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिन आयोजना गरेको सभामा बोल्दै उनले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताइन्।
राणाले भनिन्, ‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्छ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’
मन्त्री रााणाले पहलगाममा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याउन गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिइन्।
उनले आतंकवादका विषयमा दोहोरो मापदण्ड नहुने भन्दै नेपाल यस दुःखको घडीमा भारतको साथमा रहेको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको स्पष्ट पारिन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया