बिएल संवाददाता
धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन्।
शुक्रबारको संसद बैठकमा लिङ्देनले नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट गरेको र गृहमन्त्रालयको दवाबमा प्रहरीले पक्राउ परेको केही घण्टामै छोडेको अभिव्यक्ति दिएका थिए।
उनको सो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन्।
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन्।
लिङ्देनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया