बिएल संवाददाता
सधैं पृथक र भावनात्मक निर्देशन शैलीका लागि चिनिँदै आएका निर्देशक thedumbdirector (सौरभ ढकाल)को निर्देशनमा तयार भएको भावुक गीत ‘मेरी आमा’आमा मुख हेर्ने पूर्वसन्ध्यामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
संगीतकार तथा गायक प्रविन कुमार योन्जनको सुमधुर स्वरमा सजिएको यो गीतमा सुरज तामाङको शब्द, संगीत संयोजन तथा एरेञ्जमेन्ट रहेको छ। ‘मेरी आमा’ले आमाको निःस्वार्थ प्रेम, त्याग र संघर्षलाई गीत र भिडियोमार्फत गहिरो रुपमा चित्रण गरेको छ।
भिडियो निर्माणमा निर्देशक सौरभ ढकाललाई मुख्य सहायक निर्देशक उत्सव पौडेलले सहकार्य गरेका छन् भने मिडिया संयोजन तथा व्यवस्थापनको जिम्मेवारी विशाल प्याकुरेलले निर्वाह गरेका छन्। सम्पूर्ण टिमको समर्पणले गीतलाई थप जीवन्तता प्रदान गरेको छ।
भिडियोमा प्रमिला राई, किरण श्रेष्ठ, पृथक गुरुङ र दिनेश लामाले बाल्यकालदेखि जीवनका विविध चरणहरूमा आमाको प्रेम र संघर्षलाई उत्कृष्ट अभिनयमार्फत प्रस्तुत गरेका छन्। हरि हुंमागाईंको उत्कृष्ट छायांकन (DOP) र सञ्जय अधिकारीको सम्पादन, रङ सम्पादन तथा पोस्टर डिजाइनले भिडियोको भावनात्मक गहिराइलाई अझ प्रभावकारी बनाएका छन ।
सौरभ ढकाल (thedumbdirector) ले यसअघि मेयर बालेन शाहका ‘बलिदान’, ‘लोकल ठिटो‘, ‘स्याबेज’तथा युनिक पोइटको ‘कालो’जस्ता चर्चित गीतहरू निर्देशन गरी आफ्नो पृथक पहिचान बनाइसकेका छन्। ‘मेरी आमा’मार्फत उनले फेरि एकपटक सशक्त निर्देशन क्षमताको उदाहरण प्रस्तुत गरेका छन्।
गीत सार्वजनिक भएसँगै युट्युब तथा अन्य प्रमुख संगीत प्लेटफर्महरूमा अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकहरूले आमाको निस्वार्थ मायालाई सम्झिँदै भावनात्मक प्रतिक्रियाहरू व्यक्त गरिरहेका छन्।
‘मेरी आमा’- मातृप्रेमको अद्वितीय कथा, जसलाई अवश्य एक पटक सुन्नु र हेर्नु पर्नेछ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया