बिएल संवाददाता
सर्वोच्च अदालतले गत बिहीबार सरकारका नाममा तीनदिन शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउँन र चौथो दिन माग सम्बोधनमा भएका प्रगतिविवरण पठाउन आदेश गरेको थियो।
सोही आदेशबमोजिम सरकारले शिक्षकलाई विद्यालय फर्काउन नसके पनि शिक्षक आन्दोलन सम्बोधनका लागि भएका सरकारका प्रयास र प्रगति विवरण समेटिएको प्रतिवेदन सर्वोच्च अदालतमा पेस गरेको छ।
सर्वोच्चको आदेश लगत्तै शिक्षामन्त्री र शिक्षक प्रतिनिधिहरूबीच छलफल भएपनि निष्कर्ष निस्कन सकेन। फलस्वरुप सर्वोच्चले दिएको समयसीमा सकिँदा पनि शिक्षकहरू विद्यालय फर्किएनन्।
शिक्षा मन्त्रालयले सोमबार शिक्षकका माग सम्बोधनका लागि सरकारका तर्फबाट भएको प्रगति विवरणसहित सर्वोच्च अदालतलाई प्रतिवेदन पठाएको हो।
मन्त्रालय स्रोतका अनुसार कानुन शाखामार्फत अहिलेसम्म मन्त्रालयबाट भएका प्रयासहरू समेटिएको प्रतिवेदन सर्वोच्च अदालतमा पठाइएको हो। अब सर्वोच्चको मुद्दा महाशाखाले इजलास समक्ष पेस गरेपछि थप सुनुवाइ अघि बढ्नेछ।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया