बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन्।
सोमबार काठमाडौंमा कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेटसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए।
उनले भने, ‘हामी जोखिम उठाउन तयार छौं। यस्तो कुराहरूमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ। कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ। नयाँ ढंगले सोच्नुपर्ने छ। नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ। पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ। अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं। यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं। सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। रिजल्टमा काम गर्न चाहन्छौं।’
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए।
उनले भने, ‘खास गरेर अब समय आयो। जुन हामीले कम्फर्ट जोनमा बसेर काम गर्यौं। अब यसरी गरेर हुँदैन। कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ। सरकारले हात हालिरहेका थुप्रै ठाउँहरू छन जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन्। ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया