
‘सहकारी नियमन प्राधिकरण’को अध्यक्षमा केदारनाथ शर्मा नियुक्त
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मालाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलको अवकाशपछि प्राधिकरणको रिक्त अध्यक्ष पदमा सचिव शर्मा नियुक्त भएका हुन्। शर्मालाई मन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका र बुधबारबाटै शर्माले प्राधिकरणको जिम्मेवारी सम्हालेका प्राधिकरणका प्रवक्ता रबिन ढकालले बताए।

बिएल संवाददाता - काठमाडौं