बिएल संवाददाता
सरकार र शिक्षकहरूबीच सहमति भएको छ। बुधबार दिनभरिजसो भएको छलफल र वार्तापछि सरकार र शिक्षकहरू सहमतिमा पुगेका हुन्।
नेपाल शिक्षक महासंघले त्यसका लागि विभिन्न नौ बुँदे मागहरू सरकारलाई बुझाएको थियो। शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारलाई थप ८ अर्ब भार परेको छ।
सरकारले शिक्षकका ती सबै मागहरू आगामी असार १५ गतेभित्र सम्बोधन गरिसक्नेछ। यसअनुसार शिक्षा विधेयक ऐन पनि त्यही बेला जारी हुनेछ।
सहमतिपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तले अब शिक्षकहरू बिहीबारदेखि नै विद्यालय फर्किने बताए।
‘यो सबै मागहरू पूरा गर्दा सरकारलाई करिब ८ अर्ब जतिको भार हुनेछ। त्यसका लागि अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता जनाउनुभएको छ’ पन्तले भने ‘अब शिक्षकहरू भोलिदेखि नै विद्यालय फर्किएर सबै शैक्षिक गतिविधिमा सहभागी हुनुहुनेछ।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया