मङ्गलबार, १२ अगस्ट २०२५

वर्षमान लिएर सिंहदरबार पुगे प्रचण्ड, ओलीसँग के भयो कुराकानी?

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। प्रचण्ड उपमहासचिव वर्षमान पुनलाई साथ लिएर ओली भेट्न सिंहदरबार पुगेका थिए। भेटवार्ताका क्रममा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने, सम्बन्धित आयोगहरूमा गरिने नियुक्तिहरू लगायत समसामयिक सवालमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई नेताहरूबीचको छलफल जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकको ढावा होटलमा महिला मृत फेला

दमक झापाको दमक-६ स्थित ढावा होटल एण्ड लजमा एक महिला मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा, शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाँडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला आइतबार मृत भेटिएकी हुन्। होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलमा कोठा लिएर बसेकी थिइन्। आइतबार दिउँसोसम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

मोरङ कारागारका पुर्पक्षका लागि थुनामा रहेका पुरुषको मृत्यु

ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ४ बजे तामाङको ज्यान गएको ढुंगेलले जानकारी दिए। तामाङ २०८१ पुस १६ गते अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनको ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा छ। तामाङको शव कोशी अस्पतालमै राखिएको छ। परिवारलाई सूचना दिइएको र उनीहरू आइपुगेपछि थप प्रक्रिया अघि बढाइने कारागार प्रशासनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएमा शेष घलेले श्रेष्ठलाई गराए ‘इन्ट्री’, केसी समूहको ‘बिल्लीबाठ’

गैरआवासीय नेपाली संघ(एनआरएनए)को उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनमार्फत महेश श्रेष्ठ अध्यक्षमा चयन भएसँगै बद्री केसीको समूह विघटन भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले एकता महाधिवेशन गराएको हो। शनिबारबाट काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको परराष्ट्रमन्त्री आरजु राणाले उद्घाटन गरेकी थिइन्। निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अध्यक्षसहित सबै कार्यसमिति निर्विरोध चयन गरिएको हो। आधिकारिक नयाँ कार्यसमिति बनेसँगै राजनीतिक गुटबन्दी गर्दै एनआरएनएलाई नै पंगु बनाइरहेको बद्री केसी समूहको औपचारिक विघटन भएको हो। बद्री समूहमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाटन दरबार क्षेत्रमा १ करोड २६ लाखको अत्याधुनिक सार्वजनिक शौचालय

ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ। आइतबार आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा समुद्घाटन गरिएको हो। उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरिबाबु महर्जनले यो शौचालयलाई सफा र राम्रोसँग प्रयोग गर्नुपर्ने बताए  । उनले स्मार्ट ट्वाइलेट बनाउने अभियान अन्तरगत नै ललितपुर महानगरपालिकाले यो अपाङ्गमैत्री शौचालय बनाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

द्वन्द्वपीडितको असन्तुष्टिः आयोगमा ‘भागबण्डा’ होइन, पीडितले ‘विश्वास गर्नसक्ने’ व्यक्ति सिफारिस गरियोस्

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन्। आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। ध्यानाकर्षणपत्रमा दलीय भागबण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरेका छन्।  सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्री गर्बुजाले लिए सपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका छन्। आइतबार प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गर्बुजालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीयवासीको अवरोधपछि सुरक्षाकर्मी परिचालन गरेर ‘प्रशारण लाइन’ निर्माण सुरु

कोहलपुर-सुर्खेत १३२ केभी प्रशारण लाईन निर्माणमा स्थानीयवासीले पटक-पटक अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन काम सुरु गरिएको छ। बाँकेको बैजनाथमा स्थानीयले अवरोध गरेपछि विद्युत लाईन बिस्तार प्रभावित हुँदै आएको थियो। बाँकेको बैजनाथ गाउँपालिका-४ बानिँयाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गर्न थालेपछि प्रहरीको घेरामा काम थालिएको हो। जिल्ला प्रशासन कार्यालय बाँकेले निर्माणस्थलमा सुरक्षाकर्मी खटाएर काम भइरहेको कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका इन्जिनियर कृष्ण खड्काले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

एनआरएनए ‘एसिया प्रशान्त’ क्षेत्रीय उपसंयोजकमा थाइल्याण्डका ओली निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा थाइल्यान्डका लोकेन्द्र ओली निर्विरोध निर्वाचित भएका छन्। एनआरएनए थाइल्यान्डको इतिहासमै यो पहिलो पटक हो, जहाँ प्रतिनिधिले क्षेत्रीय तहमा कुनै प्रतिस्पर्धा बिना निर्वाचित हुने अवसर प्राप्त गरे। एनआरएनएको शुद्धिकरण, भावनात्मक एकता, आर्थिक पारदर्शिता र ‘एनआरएनए-मित्र’ अवधारणालाई प्राथमिकतामा राख्दै ओलीले एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिएका थिए। काठमाडौंमा जारी एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमा डा. बलराम श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा ओलीसहित रामप्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

कारको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोरीको मृत्यु

रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ। आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा गरूडा नगरपालिका-२ गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी छन्। चन्द्रपुर नगरपालिका-४ स्थित सो सडकखण्डमा हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए। दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए। बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको डीएसपी राईले पुष्टि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

एनआरएनएको अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध

गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।  शनिबार काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुनकाे मूल्य बढ्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वराजालाई ईश्वर पाेखरेलको सुझाव– सत्ता चाहिए निर्वाचनको बाटो रोज्नुस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

वर्षाका कारण मुख्य राजमार्गहरूमा सास्ती

आइतबार बिहानैदेखि देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण कतिपय राजमार्गहरू अवरुद्ध भएका छन्। मुख्य राजमार्ग मर्मत र विस्तार भइरहेका बेला वर्षा भएपछि झन् सास्ती बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

के पाकिस्तानले भारतमाथि परमाणु बम हान्नसक्छ?

रुसका लागि पाकिस्तानी राजदूत मोहम्मद खालिद जमालीले पाकिस्तानले अब भारतलाई परम्परागत हतियारबाटमात्रै होइन बरु परमाणु बम हान्नसक्ने धम्की पनि दिएका छन्।  रुसकै एउटा टेलिभिजन च्यानल आरटीसँग कुरा गर्दै उनले भारतले सिन्धुको पानी रोक्न खोज्यो वा कुनै आक्रमणको सुरुवात गर्‍यो भने त्यसको जवाफ पाकिस्तानले परमाणु हतियारबाट दिनसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अझै केही दिन वर्षा जारी रहने

हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव छ। त्यसकै प्रभावले गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपालीको ‘चेतनशील मौनता’ र ‘पुनः क्रान्ति’

नेपाली समाजको मनोविज्ञान अहिले एक किसिमको गहिरो दोधारमा छ। राजनीतिक परिवर्तनका लहरहरूको अनुभुति लिई सकेको यो देश फेरि एक पटक कुनै निर्णयको दोबाटोमा उभिएको छ। एकातिर जनतामा निराशा छ, अर्कातिर मौनतामा चेतना निराश छ। जुन मौनता न त पूर्ण रूपमा बेखबर हो, न नै निष्क्रिय।   के यो मौनता चेतनशील हो? वा, अब फेरि क्रान्तिको तयारी हुँदैछ? नेपालको आधुनिक इतिहास आन्दोलनहरूको इतिहास हो। प्रश्न साधारण छन तर परिस्थिति गम्भिर छ! १)आन्दोलन पहिले पनि भए तर २००७ सालको राणा विरोधी आन्दोलनले प्रजातन्त्र ल्यायो जसको साक्षी नेपाली काग्रेस छ। २) अर्को विद्रोह २०४६ सालको जनआन्दोलनले देखायो जुन  बहुदलीय व्यवस्था पुनःस्थापित गर्न थियो जुन भयो र  गर्‍यो पनि।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिन्छौं: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हाम्रो समाजमा वर्गीय समस्या र जातिय समस्या अझैं रहेको बताएका छन्। नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताए। उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ। अहिले राजावादी शक्तिहरूले टाउको उठाउन खोजेका छन्। झण्डै उनीहरू हावी होलान की भन्ने भइसक्या थियो। त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर चारवटा वामपन्थी पार्टीहरू एक ठाउँमा जम्मा भएर हामीले सोच्यौं राष्ट्रिय राजनीतिको एजेण्डा, यो संविधान जोगाउने एजेण्डा, यो गणतन्त्र बचाउने एजेण्डा।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार जनताको होइन, पूँजीपतिहरूको पक्षमा छ: झलनाथ

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरू रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन्। नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको समस्या समाधान नगर्ने बताएका हुन्। ‘अहिले दुईवटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पूँजीवादी पार्टी हो। त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन। किनभने त्यो समस्या समाधान गर्ने उनीहरूसँग नीति पनि छैन, कार्यक्रम पनि छैन। हिजो पनि छैन, आज पनि छैन। अहिले बजेट आयो त्यहाँ पनि छैन। यो बजेट त नेपाली कांग्रेको मात्र त हैन, सरकारमा ७ वटा पार्टी छन्। दोस्रो ठुलो पार्टी नेकपा एमालेले पनि ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रम भन्दा भिन्न केही छैन। यो दुःखद् कुरा हो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं