बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा थाइल्याण्डका लोकेन्द्र ओली निर्विरोध निर्वाचित भएका छन्।
एनआरएनए थाइल्याण्डको इतिहासमै यो पहिलो पटक हो, जहाँ प्रतिनिधिले क्षेत्रीय तहमा कुनै प्रतिस्पर्धा बिना निर्वाचित हुने अवसर प्राप्त गरे।
एनआरएनएको शुद्धिकरण, भावनात्मक एकता, आर्थिक पारदर्शिता र ‘एनआरएनए-मित्र’ अवधारणालाई प्राथमिकतामा राख्दै ओलीले एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिएका थिए।
काठमाडौंमा जारी एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमा डा. बलराम श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा ओलीसहित रामप्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन्।
थाइल्याण्डमा ‘प्रवासी पत्रकार’ तथा युवा समाजसेवीका रुपमा चिनिएका ओली दक्षिणपूर्वी एसियाली क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा लोकप्रिय छन्।
उनी थाइल्याण्डमा नेपाली भाषा-साहित्य र कला-संस्कृति जगेर्ना गर्ने उदेश्यले दिनरात नभनी खटिएका युवा पुस्ताका प्रवासी नेपाली हुन्।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया