बिएल संवाददाता
चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ।
परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए। रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए।
यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन्। मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ।
आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ।
लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ।
‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ।
यस चलचित्रमा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ।
आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए।
यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ।
‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।
फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो।
सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।
निर्माण पक्षका अनुसार चलचित्रका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।
केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले चलचित्रको लाइनअपलाई झनै रोचक बनाएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया