
पाकिस्तानमाथि आक्रमण हुँदा रातभरि सुतेनन् मोदी
‘अपरेशन सिन्दूर’ नाम दिइएको यो आक्रमणमा कैयौको मृत्यु भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्। प्रधानमन्त्री मोदी रातभरि नै जाग्राम बसेर उक्त आक्रमणको निगरानी गरिरहेका थिए।

बिएल संवाददाता - काठमाडौँ
‘अपरेशन सिन्दूर’ नाम दिइएको यो आक्रमणमा कैयौको मृत्यु भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्। प्रधानमन्त्री मोदी रातभरि नै जाग्राम बसेर उक्त आक्रमणको निगरानी गरिरहेका थिए।
बिएल संवाददाता - काठमाडौँ
कोइरालाले नेपाली प्रेसले सधैं लोकतान्त्रिक संस्कृतीको निरन्तर पैरवी गरिरहने विश्वास पनि व्यक्त गरेका छन्। समाजिक सञ्जालमा एक सन्देश लेख्दै कोइरालाले गोरखापत्रलाई पनि स्थापना दिवसको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ
मंगलबार राति उनी वाथरुममा चिप्लिएका थिए। त्यही बेला उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छोरी गंगा दाहालले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौँ
सेनाले पाकिस्तानका विभिन्न नौ स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। तर पाकिस्तानी सेनाले भने भारतले ३ ठाउँमा मिसाइल हानेको दाबी गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपाललाई ‘बनाना रिपब्लिक’ बनाउन न्यायपालिकाको पनि अहम् भूमिका छ। ‘ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह हो’ भन्ने भनाइलाई मान्ने हो भने नेपालमा न्याय भएकै छैन भन्दा पनि हुन्छ। तर, पनि त्यसो भन्न पाइदैन, भन्यो कि अदालतको अवहेलना भैहाल्छ। यही बीचमा गगन थापा बोले। श्रीमानहरूको हुकुम आयो- 'उप्रान्त यस विषयमा नबोल्नू।'
बिएल संवाददाता - अमेरिका
जनकपुरमा जारी एमाले धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ। निर्वाचन हुने भनिएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिसरमा एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो। ढुङ्गा र रडले हानाहान हुनुका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरूमा तोडफोड र हानाहान भएको हो। झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन्। केहीको टाउको फुटेको प्रहरीले बताएको छ। घाइतेहरूको विवरण आउन बाँकी छ। अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुईपक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो। त्यसपछि विवादले उग्र रुप लिएको छ।
बिएल संवाददाता - जनकपुरधाम
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन्। ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका हुन्। उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ। गठबन्धनमा कुनै समस्या छैन। अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै समस्या छैन। गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्कभित्रकै समस्याले हो। ओलीको कारणले होइन।’
बिएल संवाददाता - काठमाडौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनुपर्ने? भन्दै प्रश्न गरे। उनले ‘पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए?’ भन्दै प्रश्न गरे। ज्ञानेन्द्रको शासन आएमात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं
पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। वामपन्थी नेता नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारित स्रोतले जानकारी दिएको हो। उनी लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याले थलिएका थिए।
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ललिता निवास जग्गा प्रकरणपछि पतञ्जली योगपीठको जग्गा प्रकरणमा जोडिएका छन्। पतञ्जलीको हदबन्दी छुटको जग्गा व्यक्तिको नाममा पुगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग सुटुक्क बयानसमेत लिइसकेको खुलेको छ। २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा विक्री भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको हो।
बिएल संवाददाता - काठमाडौं
पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि पेस गरेको निवेदन फिर्ता लिएको छ। एकता महाधिवेशन सम्पन्न भइसकेको भन्दै मन्त्रालयले यसअघि आफैंले सर्वोच्च अदालतमा पेस गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको समयावधि थप गर्नेसम्बन्धी निवेदन फिर्ता लिएको हो। परराष्ट्र सचिव अमृतबहादुर राईद्वारा जारी निवेदनमा अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघको महाधिवेशन र निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरिसकेको वैशाख २२ गते मन्त्रालयमा प्राप्त भएको उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताए। उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो। यो सरकारको अविशिष्ट अधिकार पनि हो। यसमा समिक्षा गर्न सकिएला। तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु- तपाईंले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त? एकपटक सम्झिनु त अस्तिको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनुभयो। अनि अर्को मुख्यसचिव ल्याउनुभयो। अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईंको मुटुमै गोली लागेको जस्तो किन भएको छ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त।’
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिति नरहेको बताएका छन्। मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहे पनि काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको बताएका हुन्। उनले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिती छैन। तर टिक्ने कुरा असाध्यै मुस्किल छ। टिकाउने कुरा असाध्यै गाह्रो बनिरहेको छ। काठमाडौंभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति छ। तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिति छ। त्यसैले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने र काठमाडौं बाहिर दूरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती खटिने स्थिती हामीले बनाउन सक्नुपर्छ। त्यसका लागि उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ। जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिती हामीले बनाउन जरुरी छ।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सरकारले पतञ्जलीको जग्गा प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा प्रवक्तासमेत रहेका सांसद मनिष झाले आफ्ना सभापति रवि लामिछानेपछि अब सरकारले माधव नेपालसँग प्रतिशोध साँध्न वयान लिइएको आरोप लगाए। उनले अब सरकारको विरोधमा रहेका दलका नेताहरूमाथि धमाधम प्रतिशोध साँध्न लागिएको बताए। उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं। हाम्रो पार्टी सभापतिप्रति भएको भयो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि?’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन्। सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको नेपाल-चीनबीचको ७० वर्ष लामो सम्बन्ध दर्शाउने फोटो प्रर्दशनीमा बोल्दै उनले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने प्रतिबद्धता जनाए। उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु। मैले सँधै भन्ने गरेको छु- एक चीन नीति नेपालले लिएको छ। मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास फेरि पनि दिलाउन चाहान्छु।’
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन्। पौडेल मंगलबार प्रचण्डको निवास खुमलटारमा पुगेर प्रचण्डसँग भेटघाट गरेका हुन्। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ।
बिएल संवाददाता - जनकपुरधाम
यसबीचमा इरानले दुबै राष्ट्रबीच तनाव कम गर्न मध्यस्थता गर्न चाहेको संकेत गरेको थियो। त्यहीअनुरुप पूर्वनिर्धारित भारत भ्रमण जानुअघि इरानका विदेशमन्त्री पाकिस्तान पुगेका हुन्। उनले पाकिस्तानमा त्यहाँका विदेशमन्त्री इसहाक डार, प्रधानमन्त्री सहवाज सरिफ तथा राष्ट्रपति आसिफ अली जरदारीलगायतलाई भेटेका थिए।
बिएल संवाददाता - काठमाडौँ
केसी समूह नभएकाे ‘एकता महाधिवेशन’ परराष्ट्र मन्त्री आरजु राण देउवाले उद्घाटन गरिन्। त्यसकाे समापनमा भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अथिति भए।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्मलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .