बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनुपर्ने? भन्दै प्रश्न गरे।
उनले ‘पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए?’ भन्दै प्रश्न गरे। ज्ञानेन्द्रको शासन आएमात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे।
उनले भने, ‘चैत्र १५ गतेको राजावादीको सत्ता विरुद्धको आन्दोलन हो। उनीहरूले सरकार विरुद्धमा अराजकता फैलाए। गणतन्त्र समाप्त पार्न लागेका छन्। लोकतन्त्रका विरुद्धमा राजा ल्याउछु भन्दै गरिएको आन्दोलनमा मान्छे मर्यो। आन्दोलनमा यस्ता घटना त हुन्छ। त्यसलाई सहिद घोषणा गर्नुपर्यो भनेर आन्दोलनकारी वा विरोधीहरू र गणतन्त्रवादीहरूले पनि भन्दै छन्। राजावादीको आन्दोलनमा जाने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनु पर्ने? पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरे? राजा ज्ञानेन्द्रको शासन आयो भने उसले सहिद घोषणा गर्ने हो, हामीले गर्ने होइन।’
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया