बिएल संवाददाता
नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना दिएका छन्। सरकारको आफ्नै प्रकाशनगृहबाट प्रकाशित गोरखापत्रको सुरुवात भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ।
कोइरालाले नेपाली प्रेसले सधैं लोकतान्त्रिक संस्कृतीको निरन्तर पैरवी गरिरहने विश्वास पनि व्यक्त गरेका छन्।
समाजिक सञ्जालमा एक सन्देश लेख्दै कोइरालाले गोरखापत्रलाई पनि स्थापना दिवसको शुभकामना दिएका छन्।
‘राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सिंगो संचार क्षेत्रलाई शुभकामना व्यक्त गर्दछु। नेपाली प्रेसले सधै पारदर्शी, उत्तरदायी समाज निर्माण गर्दै सुशासनको पक्षमा अझ दृढताका साथ निरन्तर उभिनेछ र लोकतान्त्रिक संस्कृतिको निरन्तर पैरबी गर्नेछ भन्ने मेरो दृढ विश्वास छ’ उनले लेखेका छन् ‘साथै आज गोरखापत्र दैनिकको पनि स्थापना दिवस, म त्यहाँ कार्यरत सबैमा शुभकामना व्यक्त गर्दछु।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया