मङ्गलबार, १२ अगस्ट २०२५

पार्टीका सांसदलाई ओलीको उर्दीः सरकारको नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट पारे। उनले सरकारका नीति तथा कार्यक्रममा विपक्षीहरूले समर्थन नगर्ने भएकोले उनीहरूका कुरामा कुनै सत्यता छ कि भनेर घोत्लिन आवश्यक नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एनआरएनए’सँग आरजुको आग्रहः यहाँ आएर राजनीति नगर्नु, देश समृद्ध बनाउन सहयोग गर्नु

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नेपालमा आएर राजनीति नगर्न आग्रह गरेकी छन्। सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौंमा सुरु भएको एनआरएनए एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री राणाले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन्। उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन्। मन्त्री राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस्। यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस्। हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन। तपाईँहरू त कहीँ लेबर गरेर पनि गर्नुभएको छ। एउटै जेनेरेसनभित्र तपाईँहरूले कति ठुलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरूलाई पाण्डेको चेतावनीः एमालेसँग एकता हुँदैन, मिल्न रहर लागे बाटो तताए हुन्छ

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी ओलीले संसद विघटन गरेकोमा माफी नमागेसम्म एमालेसँग एकता हुन नसक्ने बताएका छन्। शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले प्रधानमन्त्री ओलीलाई भेटेको कुरालाई जोडेर ‘एमालेसँग एकता हुँदैछ’ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे। उनले भने, ‘हामीले बजेटको विषयमा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौं। त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुनेभयो भन्दै प्रचार गरे।’ उनले ओलीले गरेको संसद विघटन अपराध भएको टिप्पणी गर्दै अपराधको माफी माग्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिताम्बरः बदला, द्वन्द्व, हिंसाको कथा

पिताम्बर हेर्दै गर्दा मैले बारम्बार वेदरिङ हाइट्सकी इम्याली ब्रोन्ट र शिरिषको फुलकी पारिजातलाई सम्झिरहेँ। महिला कृषा चौलागाईंले यो हदसम्मको हिंसात्मक दृष्यहरूको निर्देशन गरिन होला भनेर पत्याउन मलाई गार्हो परिरहेको थियोे। बाबुको टुङ्गो नभएको बालककी आमालाई बारम्बार गरिने अपमान र अनि हत्या, त्यसपछि शारीरिक यातना र मानसिक प्रताडनाबाट पाइलैपिच्छे गुज्रेको बालकले कसरी आफ्नो र आफ्नी आमाको अपमान, प्रताडना र हत्याको बदला लिन्छ? पिताम्बरको कथा यति नै हो। कथामा कुनै नयाँपन छैन, तर बदला लिने क्रममा देखाइएका हिंसाका दृष्यहरू यति क्रुर र भयानक छन् कि हरेक दृष्यमा आङ जिरिङ हुन्छ। चलचित्रको सुरुमै मञ्चमा भाषण गरिरहेको कुनै नेतालाई नायकले मञ्चमै उक्लेर घाँटी रेटेर हत्या गर्छ, त्यो दृष्य डिटेलमा देखाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडामा एक्कासी सडक भासिँदा माछा बोक्ने बोलेरो जमिनमुनि बेपत्ता

हेटौंडामा एक्कासी सडक भासिँदा माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी खाडलमै बेपत्ता भएको छ। शुक्रबार अपरान्ह हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमाना नजिकै गैरीगाउँमा सडक भासिँदा ना४च ४८३३ नम्बरको बलेरो गाडी बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ। गाडी रोकिराखेको जमिन एक्कासी भासिँदा केही सेकेन्डमै गाडी खाडलमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीका चालक र सहचालक भने गाडी भासिनुभन्दा अघि नै निस्केकाले जोगिएका प्रहरीले जनाएको छ। गाडी भासिएपछि सडकमै पानीको दह बनेको छ। गाडी भासिएको एरियामा माछा पोखरी र बोरिङ रहेकोले बोरिङको कारण जमिन भासिएको हुनसक्ने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

देउरानीको ‘बाउसो प्रहार’बाट घाइते दुर्गाको उपचारका क्रममा मृत्यु

मुगुको छायाँनाथ रारा नगरपालिका-१२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ। गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो। लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

५-७ मिनेट बत्ती जानुलाई ‘लोडसेडिङ’ भन्न मिल्दैनः हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन्। शुक्रबार प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट पारेका हुन्। उनले भने, ‘वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ, हरेक ग्राहकलाई भएको छ। हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला। चैत्र मसान्तसम्म औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ। यो तथ्याङ्कले बोल्छ। यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन। र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ। हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं- अब लोडसेडिङ गराउन लाग्यो भनेर। तर यो तथ्याङ्कलाई मनन गर्नुपर्छ। यो अवरोधलाई क्रमश कम गर्दै लैजानु छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसदमा एमाले सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अभियान सम्मेलन २०२५’ अर्को साता काठमाडौंमा

जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित ‘अभियान सम्मेलन २०२५’ आगामी ५-६ मेमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ। सम्मेलन एक्सनएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालको आयोजना र सञ्चारिका समूहको सहकार्यमा हुन लागेको हो। दुई दिने राष्ट्रियस्तरको कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका समुदायहरू तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको वास्तविक अवस्था उजागर गर्नुका साथै समाधान खोज्न विविध सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिँज माधव र वामदेव सँगै बसे, आज बिहानै सूर्य थापा पुगे

शुक्रबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाइएको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँगसँगै सिटमा बसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतलाई पाकिस्तानको कडा चेतावनी, ‘नष्ट गरिदिन सक्छौं…’

भारत पाकिस्तान दुबै परमाणु हतियारका धनी राष्ट्रहरू हुन्। उनीहरूले एकअर्काविरुद्ध कुनै पनि बेला हुनसक्ने युद्धको भरमार तयारी गरिरहेका छन्। बाँकी विश्वका कतिपय राष्ट्रहरूले भने आपसी द्वन्द्व कायम गरेर शान्तिको दिशामा अघि बढ्न दुबै देशलाई सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व प्रेस स्वतन्त्रता दिवस : नयाँ विश्वमा पत्रकारिता र एआईको चर्चा

यसपालि विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘टाइम टु पुट एआई अन द सोसिअल एजेण्डा’ अर्थात् कृत्रिम बौद्धिकता (एआई)लाई कसरी सामाजिक मुद्दाका रुपमा स्थापित गर्ने भने मुख्य मुद्दा हो। आजको डिजिटल युगमा पत्रकारिताको मूल मर्म र भावलाई एआईले कसरी प्रभाव गर्दैछ वा त्यसलाई पत्रकारिताको अंग कसरी बनाउन सकिन्छ भन्ने बहस यो मूल मुद्दाको विषय हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के चीन र अमेरिका वार्ता गर्दैछन्?

कर लगाउने मामिसलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि सबैभन्दा निर्मम र आक्रामक पनि भए। अरु देशको तुलनामा चीनसँग कुनै रिसिइबी नै साँधेको जसरी ट्रम्पले एकपछि अर्को गर्दै अप्रत्याशित लाग्नेखालको करको घोषणा गर्दै गर्दै लगभग २४५ प्रतिशतसम्मै कर लगाइदिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रमामाथि प्रतिपक्ष ‘नजरिया’ : ‘अल्छी सरकार’, ‘पुरानो खोस्टा’, ‘बासी’ र ‘हावादारी’

झन्डै ५ हजार शब्दावली रहेको यो नीति तथा कार्यक्रमबारे सांसदहरूले संसद बाहिर निस्केर प्रतिक्रिया दिइरहेका छन्। सत्ता पक्षीय सांसदहरूले नीति तथा कार्यक्रमलाई ‘ठीकै’ भने पनि प्रतिपक्ष दलका सांसदहरूले भने यसको तीखो आलोचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएको महाधिवेशन शनिबारदेखि

संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न  माग गर्दै  सर्वोच्चमा रिट निवेदन दिएका थिए। यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारको नीति तथा कार्यक्रम टोले गुण्डाले हप्ता उठाएकोजस्तो’

‘पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिने छ, भनिने छ,  सुनिने छ, भन्ने सुगा रटाई जस्तो’ उनले लेखेका छन् ‘न त युवाको रोजगारीको लागि नत देशका लागि आयो। यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केआईआईटीले भन्यो, ‘पढाईको दबावका कारण प्रिसाले आत्महत्या गरिन्’

प्रिसा बिहीबार साँझ उक्त कलेजको आफ्नै छात्राबासमा मृत फेला परेकी थिइन्। कलेज कर्मचारीहरूले उनलाई झुन्डिएको अवस्थामा देखेको र तत्काल प्रहरीलाई खबर गरेर अस्पताल पुर्‍याइएको केआईआईटीले जनाएको छ।  उनी बि-टेक पहिलो वर्षको दोस्रो सेमेस्टरको परीक्षाको तयारीमा थिइन्। केआईआईटीले प्रहरीसँगको समन्वयमा अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको पनि जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थेवेको जिल्लामा युवा संघको अधिवेशन, एकलौटी गर्न खोज्दा हलमै हात हालाहाल

संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूबीच नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि वादविवाद हुँदै झडपमा रूपान्तरण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

कस्ता छन्, सरकारका नीति तथा कार्यक्रमहरू (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेकाे छ। सत्ता गठबन्धन बनाउँदा नेकपा एमाले र काँग्रेसबीच भएका सहमतिहरूलाई प्राथमिकतामा राख्दै सरकारले धेरैजसाे नियमित कार्यक्रमहरू नै ल्याएकाे छ।  शुक्रबार संघीय संसदकाे दुबै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारका नीति तथा कार्यक्रमहरु पढेर सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाइने

सरकारले काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र विकास गर्ने भएको छ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं