बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई ‘टोले गुण्डाहरूले हप्ता उठाउन गरिएको सम्झौता’जस्तो भनेर टिप्पणी गरेका छन्।
नेकपा एमाले र नेपाली काँग्रेसलगायतको गठबन्धन सरकारले शुक्रबारमात्रै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रमहरू पढेर सुनाएका थिए।
उक्त नीति तथा कार्यक्रममाथि विभिन्न पार्टीका सांसदहरूले थरिथरिका टिप्पणी गरेका छन्। यसैक्रममा नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।
‘पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिने छ, भनिने छ, सुनिने छ, भन्ने सुगा रटाई जस्तो’ उनले लेखेका छन् ‘न त युवाको रोजगारीको लागि नत देशका लागि आयो। यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया