बिएल संवाददाता
प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरूलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट पारे।
उनले सरकारका नीति तथा कार्यक्रममा विपक्षीहरूले समर्थन नगर्ने भएकोले उनीहरूका कुरामा कुनै सत्यता छ कि भनेर घोत्लिन आवश्यक नभएको बताए।
उनले भने, ‘हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ। कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गरेको छैन। संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर भनेर घोत्लिनुपर्ने आवश्यक छैन। हामीले सत्य कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ। उनीहरूले सत्यको विरोध गर्ने हुन्।’
प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिकरुपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताए।
समाजमा वञ्चितहरूको पहुँचवृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया