बिएल संवाददाता
प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट ब्राण्डिङ गर्नुपर्ने बताएका छन्।
कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरगमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताए। उनले सगरमाथाको अर्को नाम ‘माउन्ट एभरेष्ट’ नक्कली भएको दाबी गरे।
उनले भने, ‘एभरेष्टसँग माउन्ट एभरेष्टको सगरमाथाको कुनै लेनादेना छैन, त्यसकारण यो नक्कली नाम हो। हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा।’
उनले सगरमाथाको नाम राखिएका ब्रिटिस नागरिक एभरेष्टले सगरमाथा नभइ ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेकाले एभरेष्टसँग सगरमाथाको कुनै लेनादेना नभएको स्पष्ट पारे।
उनले भने, ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो। उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन्। ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए। एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया