बिएल संवाददाता
पाँच वर्षअघि रुकुम पश्चिमको सोतीमा मारिएका नवराज विकको मुद्धामा उच्च अदालत सुर्खेतले जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै अधिकारकर्मी आन्दोलनमा उत्रिएका छन्।
मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनाका २३ जना प्रतिवादीलाई यस अघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको सजाय सदर गरेको थियो। तर जातीय विभेदको मुद्दामा भने सबैले सफाइ पाएका छन्।
०७७ जेठ १० मा जाजरकोटका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न चौरजहारी पुग्दा गाउँलेको कुटपिटमा उनको समूहका १८ मध्ये ६ जनाको मृत्यु भएको थियो। नवराज विकसहित ६ जनाको हत्या अभियोगमा यसअघि जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको थियो।
मंगलबार उक्त मुद्दाको फैसला गर्दै उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला सदर गर्दै सोती घटनाका सबै प्रतिवादीलाई जातीय भेदभाव तथा छुवाछूत मुद्दामा सफाइ दिएको थियो। २३ प्रतिवादी भने हत्या र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ मा सुनाएको जन्मकैदको सजाय उच्च अदालतले सदर गरेको छ।
दलित अधिकारकर्मीहरूले उच्च अदालतको फैसलालाई जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै आलोचना गरेका छन्। फैसला आएलगत्तै उच्च अदालतको गेटमा धर्ना दिएका अधिकारकर्मीले फैसला नसच्याएसम्म आन्दोलन गर्ने बताएका छन्।
मुद्दाको बहस भई रहँदा पनि उच्च अदलतको गेटमा धर्ना दिइरहेका अधिकारकर्मीले उच्च अदालतको फैसलाले दलित समुदायमाथिको संरचनात्मक अन्यायलाई झन् बलियो बनाएको बताएका छन्।
दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार नेतृत्वमा दलित अगुवाहरु बिहानैदेखि भेला भएका छन्। न्यायाधीशले पैसा खाएर दलितलाई न्याय मारेको सुनारको आरोप छ। मंगलबार रातिदेखि नै खगेन्द्र सुनारले उच्च अदालतको गेटमा धर्ना सुरु गरेका छन्।
उच्चको फैसलाले दलित समुदायमाथि अपमान भएको सुनारले बताए।
‘दलित समुदायको हित र उत्थानका लागि म ज्यान दिन तयार छु’ उनले भने, ‘समुदायमाथिको अपमान सहन सकिँदैन।’
उच्च अदालतले फैसला नसच्याए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया