बिएल संवाददाता
आज (शुक्रबार) देखि नेपाली चलचित्र ‘झिल्को’ देशभर प्रर्दनमा आउँदै छ।
शुक्रबार देखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘झिल्को’ को बिहीबार साँझ काठमाडौंमा ग्रान्ड प्रिमियर सो सम्पन्न भएको छ।
बिहीबार साँझ काठमाडौंमा चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न भएको हो।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन्।
आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको छ।
यस चलचिमा स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक समस्या, अभिभावकको बेवास्ता र अभिभावक–सन्तानबीच बढ्दो दूरीजस्ता समस्या केन्द्रित छ।
चलचित्रमा विशाल पोखरेल, आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको मुख्य अभिनय रहेको छ।
मिडिया फर कल्चर प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।
चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया