बिएल संवाददाता
पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने भएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन्।
उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ। युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ।’
यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।
यसैगरी सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ। विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने भएको हो।
राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए।
उनले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया