बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानसेनापति प्रभुराम शर्मालाई सक्कली नागरिकता बोकेर उपस्थित हुन आदेश दिएको छ।
अभियान्ता डिल्लीराम खनालले सामाजिक सञ्जालमार्फत नागरिकताको विषयमा कुरा उठाउँदा शर्माले उनीमाथि शक्तिको दुरुपयोग गर्दै साइबर मुद्धामा पक्राउ गराएका थिए।
सोही मुद्धाको सुनुवाइका क्रममा गत बिहीबार जिल्ला अदालत काठमाडौंले शर्मालाई नागरिकताको सक्कल बोकेर उपस्थित हुन आदेश दिएको हो। अदालतको आदेशपछि शर्मा यतिबेला तनावमा छन्।
पदमा हुँदा शक्तिको दुरुपयोग गरी थुनाएका शर्मालाई अहिले त्यही मुद्धा टाउको दुःखाइ बनेको छ।
डिल्लीराम खनालले दुई वर्षअघि शर्मा र उनका सम्धी देवकुमार सुवेदीको नागरिकता नक्कली भएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। शर्माले पदको दुरुपयोग गर्दै मुख्यालयमार्फत प्रहरीमा उजुरी दिएपछि साइबर ब्यूरोले खनाललाई २० दिन थुनामा राखेको थियो।
जिल्ला अदालतले खनाललाई धरौटीमा छोड्न आदेश दिएको थियो। उक्त मुद्दा अहिले अदालतमा विचाराधीन छ।
सुनुवाइकै क्रममा प्रभुरामलाई अदालतले सक्कल नागरिकता बोकेर आउन भनेपछि उनी यतिबेला तनावमा परेका हुन्। पदमा हुँदा साथ साथ दिनेहरू पनि यतिबेला टाढा हुन थालेका छन्।
प्रभुरामको आदेशमा त्यतिबेला सेनाका इमान्दार उच्च अधिकारीहरूलाई दुःख दिनेहरू नै यतिबेला उनकै विरुद्धमा उत्रिएपछि टाउको दुःखाइ बनेका छन्।
नाम नबताउने सर्तमा सेनाका एक कर्नेल भन्छन्, ‘खासमा शर्मा खराब नै हुन्। शर्माको कुरा सुनेर बेक्कारमा डाक्टर महेन्द्रजंग शाह, कुलदीप तिमल्सेना जस्ता इमान्दार सरहरूलाई दुःख दिइयो। समय सधैं एकै कहाँ रहन्छ र? अहिले पूर्वचीफसाबलाई लुक्दै ठिक्क छ। उहाँहरूले सार्वजनिक कार्यक्रममा अनुहार कसरी देखाउनु होला?’
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया