बिएल संवाददाता
बुधबार बिहान माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शौचालयमा लडेको खबर एकाएक भाइरल भयो।
माओवादी नेताहरूले प्रचण्ड आफ्नै निवासको बाथरुपमा लडेको दाबी गरे।
प्रचण्डपुत्री गंगा दाहालले मंगलबार राति वाथरुममा चिप्लिएर लडेपछि त्यही बेला उनलाई मेडिसिटी अस्पताल लगिएको जानकारी गराएकी थिइन्।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु’ गंगाले भनेकी थिइन्, ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’
प्रचण्डको टाउको र निधारमा चोट लागेको र केही टाँका पनि लगाउनु परेको परेको बताइएको छ।
तर प्रचण्ड आफ्नै निवासमा नभइ ललितपुरमा रहेको विलासी पर्यटकहरूका लागि खोलिएको ‘टेरेस रिसोर्ट’ एण्ड स्पामा लडेको प्रचण्डनिकट स्रोतले बताएको छ।
आखिर कहाँ छ विलासी पर्यटकहरूका लागि बनेको ‘टेरेस रिसोर्ट’ एण्ड स्पा?
प्रचण्ड लडेको रिसोर्ट छ ललितपुरको लाकुरी भञ्ज्याङमा। उक्त रिसोर्ट करिब एक सय करोड भन्दा बढी लगानीमा विलासी पर्यटकहरूलाई लक्षित गरी खोलिएको हो।
के छ सुविधा?
उक्त रिसोर्टमा २८ वटा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट रुमसहित स्पाको पनि सुविधा छ।
कति पर्छ प्रति रातको?
विभिन्न प्रि-बुकिङ वेभसाइटमा उल्लेख गरिएअनुसार सबैभन्दा सस्तो स्यान्डर्ड रुमको मुल्य प्रतिरात २५ हजार नेपाली रुपैयाँ पर्छ।
त्यस्तै डिलक्स रुमको मुल्य ३० हजार र सुइट रुमको प्रतिरात ६५ हजार नेपाली रुपैयाँ उल्लेख छ।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया