बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाकिस्तानी आतंकवादविरुद्ध भारतले थालेको लडाइँमा साथ दिनुपर्ने अभिव्यक्ति दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतलाई मात्र नभएर आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताएका हुन्।
उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले हामी जोखिमयुक्त अवस्थामा छौं भन्ने हामीलाई लागेको छ। यो समयको जटिलताको सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु। साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ।’
त्यस्तै उनले धितोपत्र बोर्डको अध्यक्षले कमिसनको काण्डबारे छानबिन गर्न, अख्तियार प्रमुखले भ्रष्टाचारको पैसा विदेशबाट फिर्ता ल्याउन सकिएन भनेर दिइएको अभिव्यक्तिलाई पनि ध्यान दिन, र चाँडै गभर्नर नियुक्त गर्न सरकारलाई ध्यानाकर्षण गराए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया