सोमबार, ११ अगस्ट २०२५

नेपालको राजनीतिमा ‘युगान्तकारी’ नेतृत्वको आह्वान

नेपालको राजनीतिक परिदृश्य संकटको गहिरो खाडलमा फसेको छ। प्रमुख दलहरूको भ्रष्टाचार, स्वार्थकेन्द्रित नीति र शासकीय अक्षमताले जनताको विश्वास पूर्णरूपमा गुमेको छ। नयाँ दलहरूले पनि प्रारम्भिक आशालाई कायम राख्न नसकेर विवाद र अस्थिरताको दलदलमा फस्दैछन्। जनताले अब सक्षम, इमानदार र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका छन्। देशलाई यो अँध्यारो युगबाट मुक्त गर्न बालेन्द्र शाह, सर्वेन्द्र खनाल र कुलमान घिसिङजस्ता असाधारण व्यक्तित्वहरूको नेतृत्व अपरिहार्य छ। नेपालको राजनीतिक संकटले देशलाई पछाडि धकेलिरहेको छ। प्रमुख दलहरूले सत्ताको दुरुपयोग, भ्रष्टाचार र नीतिगत अस्थिरतामार्फत जनआकांक्षालाई कुण्ठित बनाएका छन्। विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा जम्मा ३.३५ प्रतिशत रहने अनुमान छ, जुन दक्षिण एसियाको औसतभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारको विद्यालयमा ‘क्रुर’ सैनिकको हवाई आक्रमण, कैयौ विद्यार्थी मारिए

ओइ थेइन क्वीन गाउँमा रहेको एउटा विद्यालयमा उक्त आक्रमण भएको थियो। माण्डलेदेखि लगभग १५ किलोमिटर नजिकै रहेको यो म्यान्मारको दोस्रो ठूलो सहर नजिकैको गाउँ हो। याे भारतीय सिमाना नजिकै पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आईपिएल आइतबारदेखि, विदेशी खेलाडीको अन्योल

पुन: सुरु हुने भए पनि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योल छ। आईपिएल स्थगित भएपछि कतिपय खेलाडीहरू आफ्नो देश फर्किएका थिए।  यसैबीच अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतका केही आन्तरिक उडानहरू अझै रद्द

एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ। भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो। तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बीपी राजमार्ग अझै खुलेन

बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत-पाकिस्तान सैन्य वार्ता : सहमति के भयो?

सैन्यअधिकारीहरूबीच वार्ता हुँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै थिए र अहिलेका लागि ‘अपरेशन सिन्दूर’ नभएर सैन्य कारबाहीमात्रै रोकिएको बताएका थिए। पाकिस्तानलाई उनले कैयौ चेतावनी पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पानी र खून एकसाथ अघि बढ्दै सक्दैन-मोदी

आफ्नो सम्बोधनमा उनले पाकिस्तानसँग आतंकवादविरुद्ध अनि उसले नियन्त्रणमा लिएको भनिएको कश्मिरको बारेमा पनि वार्ता हुने पनि प्रस्ट पारे। त्यस्तै उनले पाकिस्तानले आतंकवाविरुद्ध कदम उठाउने प्रतीज्ञा नगरेसम्म उसका लागि शान्तिको कुनै पनि बिकल्प नभएको पनि चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्प भन्छन्, अमेरिकाले ब्यापार बन्द गर्छौं भनेपछि भारत-पाकिस्तान युद्धबिराम भयो

‘हाम्रो अमेरिकी प्रशासनले भारत तथा पाकिस्तानबीच पूर्ण तथा तत्काल युद्धबिराम गराउनका लागि सहयोग गरेको हो। मलाई लाग्छ यो स्थायी हुनेछ। जसबाट परमाणु हतियारले धनी दुई राष्ट्रबीच हुनसक्ने खतरनाक युद्ध समाप्त भएको छ’ ट्रम्पले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वाईसीएलसामू प्रचण्डको गुनासोः ‘भ्रष्टाचारका फाइल खोल्न लागें, भ्रष्टहरूले सहेनन्, निकाले’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्। पार्टीको भातृ संगठन वाईसीएल नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाईं सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको उनले बताए।  वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ। ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागें,’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरूलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा चर्को घाम, पनौतीमा डुबान (फोटो फिचर)

सोमबार दिउँसो परेको भारी वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ। वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा भने पानी परेर डुबानमा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पनौती

कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट-साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ। उक्त सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो। कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ। रामाघाट-साईगाउँ खण्डको दुरी झण्डै १८ किलोमिटर छ। मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पार गर्नुपर्नेछ। कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनीबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

आफैंले बनाएको सभाहलमा आवाज नसुनिएपछि ओली असन्तुष्ट, यसरी पोखे आक्रोश…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आफैंले बनाएको सभाहलमा आवाज राम्रो नसुनिएको भन्दै असन्तुष्टि पोखेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै ओलीले अगाडिबाट बोलेको पछाडिकाले बुझ्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन्। ‘यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो,’ ओलीले भने, ‘तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नुुपर्ने यस्तो हल भनेको थिएन।’ त्यस्तै उनले सरकार लुम्बिनी गुरुयोजना अनुसार अगाडि बढिरहेको भन्दै गुरुयोजनाअनुसारका कामहरू छिटै पूरा गर्ने प्रयास रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

चलचित्र ‘रिमै’को ‘फर्स्टलुक पोस्टर’ सार्वजनिक

बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक तीन पोस्टरमार्फत् यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ। सिनेमाको सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन्। दोस्रो पोस्टरमा उनीहरूसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ। तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सबैजसो मुख्य कलाकारहरू अटाएका छन्। सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरूलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ। यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन र अमेरिकाबीच ११५ प्रतिशत कर घटाउने सहमति

यो सहमतिअनुसार अमेरिकाले आयात चीनका लागि लगभग ११५ प्रतिशत आयार कर छुट दिने भएको छ भने चीनले पनि अमेरिकी सामानमाथि त्यत्ति नै कम गरेको छ। अब अमेरिका भित्रिने चिनियाँ सामग्रीहरूमा ३० प्रतिशतमात्रै भन्सार कर लाग्नेछ भने चिनमा भित्रिने अमेरिकी सामग्रीमा १० प्रतिशतमात्रै कर लाग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अरु आयुक्तले माधव नेपाललाई जोगाउन खोज्दा प्रमुख आयुक्त अल्पमतमा

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दी छुटको जग्गा विक्री प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउने अन्तिम समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू दुई धारमा विभाजित भएका छन्। सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरिसकेको छ। उक्त प्रकरणको विस्तृत अनुसन्धान सकेर प्रतिवेदन तयार भइसकेको छ। उक्त अनुसन्धान प्रतिवेदन यतिबेला आयोगको पूर्ण बैठकमा पेस भइसकेको छ। गत चैत तेस्रो साता नै आयोगको पूर्ण बैठकमा पेस भएको प्रतिवेदनको अध्ययन नसकिएको भन्दै बहुमत आयुक्तहरूले अड्को थापेपछि अख्तियार प्रमुख आयुक्त राई अल्पमतमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजसंस्था माग्दै माइतीघरको धर्नामा पूर्वसांसद चौधरी

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरूको रिहाइका लागि भएको धर्नामा राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी माइतीघर मण्डला पुगेकी छन्। राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा सहभागी हुन सोमबार उनी माइतीघर पुगेकी हुन्। भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरू सडकमा आएको बताइन्। आस्थाका बन्दीहरूको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्ट्राचार, बलात्कार, बेथितिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धार्मिक सदभाव’ बिगार्न खोजेको आरोपमा युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। साम्प्रदायिक सदभावमा असर पुर्‍याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो। साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए। सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीय अगुवाहरूले माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ओलीको दाबीः हामीले संयमित हुन आग्रह गरेपछि ‘भारत-पाकिस्तान’ युद्ध रोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धको जोखिमबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्। सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा बोल्दै ओलीले ओलीले आफूहरूको पहलमा युद्धको स्थिति टरेको भन्दै सन्तोष व्यक्त गरे। उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि संयमताका कारण युद्ध सुरु नपाएको भन्दै प्रशन्नता व्यक्त गरे। ओलीले भने, ‘हामीले सुरुदेखि नै भन्यौँ, यो हात हालाहालको स्थिति विस्तार हुन नपाओस् है भनेर। उहाँहरूसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

एमालेका ‘फरार सांसद’ ओली उपस्थित कार्यक्रममा, प्रहरी हेरेको हेर्‍यै

मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेका एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन्। प्रहरीको पक्राउको लिस्टमा रहेका पन्थी सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा देखिएका हुन्। पन्थी यसअघि नै प्रदेश सभामा पनि निर्वाध पुगिरहेका छन्। सार्वजनिक कार्यक्रममा देखिइरहेका छन्। तर सत्तारुढ दलको नेता भएकै कारण हातमा पक्राउ पूर्जी बोकेको प्रहरीले देखे पनि नदेखे झैं गरिरहेको छ। सत्ताको आडमा अपराधमा सजाय तोकिएका एक सांसद यसरी निर्वाध हिँडिरहँदा पनि प्रहरी निरीह बनेको छ। पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्धका मार्गदर्शनले हाम्रो कर्म उज्यालो होस्– प्रधानमन्त्री ओली

ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन। उनले थप लेखेका छन्,‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्। सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं