बिएल संवाददाता
भारत–पाकिस्तानबीच युद्धबिराम भएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ (आइतबार)देखि पुनः सुरु हुँदैछ।
युद्ध चर्किने संकेतपछि आईपिएल अनिश्चित समयका लागि स्थगित गरिएको थियो।
पुन: सुरु हुने भए पनि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योल छ। आईपिएल स्थगित भएपछि कतिपय खेलाडीहरू आफ्नो देश फर्किएका थिए।
यसैबीच अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ।
क्रिकेट अष्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत फर्कनु वा नफर्कनु भन्ने निर्णय खेलाडीहरूको व्यक्तिगत हुनेछ र हामी त्यसको सम्मान गर्छौं।’
विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि, ‘जो खेलाडी आईपीएलको बाँकी खेल खेल्ने निर्णय गर्छन्, तिनीहरूको लागि विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारी गर्न टोली व्यवस्थापनले आवश्यक व्यवस्था मिलाउनेछ।’
मे ८ मा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि मे ९ मा आईपीएल एक हप्ता स्थगित गरिएको थियो। पुनः जारी गरिएको तालिकाअनुसार आईपीएलको फाइनल जुन ३ मा हुनेछ।
यसपछि केवल एक हप्ता अर्थात् जुन ११ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लड्र्समा सुरु हुनेछ।
हेजलवुड र मिचेल स्टार्कसँगै अष्ट्रेलियाका अन्य चार सम्भावित खेलाडीहरू (कप्तान प्याट कमिन्स, ट्राविस हेड, जोश इंग्लिस र मिच स्टार्क) आईपीएलमा सहभागी भइरहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया